top of page
एफटीटी – खाना पचाउन असमर्थ हुनु 

एफटीटी – खाना पचाउन असमर्थ हुनु 

केही बच्चाहरुले राम्रो सँग खाइरहँदा र रोगले आक्रमण नगर्दा समेत उनीहरुको तौल घटिरहेको हुन्छ, राम्रो वृद्धि विकास भइरहेको हुँदैन । एलर्जी र केही खाद्य पदार्थ पचाउन नसक्ने कारण पनि यस्तो समस्या आउन सक्छ । उदाहरणका लागि केही बच्चाले गाईको दूध नपचाउन सक्छन् । 


तपाईले कसरी थाहा पाउने त ?
तपाईको बच्चालाई डाएरिया हुन सक्छ, साथै दिशामा रगत देखिन सक्छ । यस्तो अवस्थामा गाईको दूधको सट्टामा अरु खुवाउन नै उपयुक्त हुन्छ । 
हामीले यहाँ प्राय देखिने दुई किसिमका खाद्य एलर्जीका बारेमा मात्र चर्चा गरेपनि अन्य कारणहरु पनि हुन सक्छन् । तपाईको बच्चाले निरन्तर तौल गुमाएमा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ जसले गर्दा समस्या समयमै समाधान भई दीर्घकालिन असर पर्दैन । 

bottom of page