top of page

तपाईको बच्चा अझै विकसित भइरहेको हुन्छ र यसमा बच्चाको आफ्नै विशेषता हुन्छ । ४ वर्षको भइसक्दा बच्चा अझै विकसित भइरहेको हुन्छ र उसले नयाँ क्षमता सिकिरहेको हुन्छ । दौडने, चित्र कोर्ने, केही कुरा राख्ने जस्ता विषयममा अब आत्मविश्वासी हुन्छ । नयाँ दिशा पहिल्याउन ऊ यस्ता सीप प्रयोग गर्न तयार समेत हुन्छ । यो उमेरमा बच्चालाई अधिक उर्जा र सामाजिक परिवेश चाहिन्छ । कम खुल्ने बच्चाहरु पनि आफू भन्दा फरक उमेर समुहका सँग मित्रता गाँस्न सक्षम हुन्छन् । प्राय उनीहरु आफै सक्षम भई वरपरका सीमिततालाई परिक्षण गरिरहेका हुन्छन् । यसबाहेक उनीहरुले अविश्वसनीय सिर्जना देखाउन थाल्छन् । उनीहरुको शरीरीक क्षमतामा पनि विकास भइरहेको हुन्छ जसले उनीहरुलाई थप प्रौढ बनाउन सघाएको हुन्छ ।

त्यसो भए यो उमेरमा के गर्ने ?

शरीरीक विकास - आफैले टाँक लगाउन नसक्दा तपाईको बच्चा दुखी हुन सक्छ । अझै पनि बच्चाको मस्तिष्क पूर्ण रुपमा विकसित भइसकेको हुँदैन, त्यसलै उनीहरु अधैर्य हुन्छन् । केही कुराहरु बनाउने खालका खेलहरु बच्चालाई सिकाउनु होस् । यसमा बच्चा अधैर्य भएमा अझ स–साना टुक्रा बनाउनु होस् । यस्ता टुक्राहरुबाट बच्चाले केही बनाउन नसकेमा वा केही बिग्रिएमा नहाँस्नुहोस् । बरु सफलताका लागि अभिप्रेरित गरिरहनुहोस् । अब तपाईको बच्चा एक खुट्टको सहयोगमा करीब १० सेकेण्ड सम्म उभिन सक्ने हुन्छ । साथै एक फुट सम्म २–३ पटक उफ्रन सक्छ । चढ्न र ओर्लन समेत सक्छन् । नक्सांकन गर्ने उनीहरुको क्षमतामा वृद्धि हुन्छ, त्रिकोण सहित ३–४ वटा अंग सहित मानिसहरुको आकृति बनाउन सक्छन् । केहीले त अक्षरहरु समेत कोर्न थाल्छन् । बच्चाहरु अझ बढी स्वतन्त्र हुन थाल्छन् । आफै लुगा लगाउन तथा खोल्न थाल्छन् । काँटा चम्चा तथा अभिभावकको सुपरिवेक्षणमा चक्कुको प्रयोग गर्न सक्ने हुन्छन् । अरुको सहायता बिना नै शौचालय प्रयोग गर्न सक्छन् । दाँत माँझ्न भने तपाइले सिकाउन सक्नुहुन्छ किनकी कसरी राम्रोसँग दाँत माझ्ने भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन ।

भाषिक विकास - अब तपाईको बच्चाले आफूले सुनेका कथाका अंशहरु याद गर्न सक्छ । तपाईले अरु लामा कथाहरु पनि सुनाउन सक्ने हुन्छ । ५ वा सो भन्दा बढी शब्दहरु प्रयोग गरी वाक्यहरु बनाउन थाल्दछ । साथै काल र क्रियाहरुलाई राम्रोसँग प्रयोग गर्न सक्छन् । नामैले अरुलाई बोलाउन सक्ने हुन्छ । आफ्नो नाम बच्चाका लागि विशेष हुन्छ । आफनो नाममा प्रयोग भएका अक्षरहरु चिन्न थाल्छन र सो अक्षर केवल आफ्नै लागि मात्र हो भन्ने बुझ्दछन ।

गणीतिय विकास - अब उनीहरुले १० वा सो भन्दा बढी गणना गर्न सक्छन् । केही रङका बारेमा उनीहरुलाई थाहा हुन्छ र ४ वटा सम्मको  रङको नाम भन्न सक्ने हुन्छन् । समयको अवधारणबारे उनीहरु जानकार हुन सक्छन् । कहिलेकाँही उनीहरुले जीवन र मरण जस्ता विषयमा प्रश्न समेत गर्न सक्छन् ।

सामाजिक विकास - यो समयमा बच्चाहरुले आफूलाई सामाजिक परिवेशमा पाउँछन् । आफ्ना साथीहरुलाई खुशी पार्न र उनीहरु जस्तै बन्न चाहन्छन् । नाच्न, गाउन र खेल्न सक्छन् । अझ बढी स्वतन्त्र हुँदै आफै छिमेकीकोमा जान खोज्छन् । उनीहरुको दिमागी स्वभाव (मुड) पनि परिवर्तनशील हुन्छ । उनीहरुले वास्तविकता र कल्पनाबीचको अन्तर समेत बताउन सक्छन् ।

माथि नै उल्लेख भए अनुसार बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर तल उल्लेखित क्रियाकलाप गरेका भने तपाईले चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

  • रिसाह प्रवत्ति देखाइरहेमा

  • आफ्नो उमेरका बच्चाहरुमा कुनै रुची नदेखाएमा वा प्रतिक्रिया विहिन भएमा

  • सधै वेखुशी भएमा

  • आफ्नो पूरा नाम भन्न असमर्थ भएमा

  • आफ्नो दैनिकी बारे भन्न नसकेमा

  • आफनो हात धुन वा सुख्खा पार्न नसकेमा

bottom of page