top of page
एटोपिक डरमटाईटिस

एटोपिक डरमटाईटिस

एटोपिक डरमटाईटिस (छाला चिलाउने तथा रातो हुनु) भनेको के हो ?
एटोपिक डरमटाईटिस भन्नाले बच्चाको शरीरमा चिलाउने गरी आउने रातो दाग हो । एलर्जीको समस्या भएका बच्चा तथा वयस्कमा यो समस्या देखिन्छ । त्यस्तो दाग धेरै रातो, चिलाउने तथा सुख्खा हुन्छ । पाँच वर्ष अघि प्राय बच्चालाई यस्तो लक्षण देखा पर्छ । 

बच्चामा यो कस्तो देखिन्छ ?
बच्चामा यस्तो दागहरु प्राय जसो टाउको, गाला, हात तथा गोडाको अगाडिको भागमा देखिन्छ । अन्य बच्चामा यस्तो दाग घाँटी, आँखीभुई तथा घुँडामा समेत देखिन्छ । वयस्कमा भने अनुहार र पाखुरमा देखिन्छ । 

यसलाई कसरी पहिचान गर्ने एटोपिक डरमटाईटिस त ?
पहिचानका लागि त्यस्तो ठोस विधि छैन । यसको पहिचान को लागि चिकित्सकले खटिराको जाँच गर्दछ र विगतमा रुघा लागिरहने, आँखा चिलाउने, दम आउने वा खानाको एलर्जी हुने वा नहुने आधारमा ।

 

उपचार कसरी गर्ने ?
यो सत्य हो कि उपचारका लागि धेरै औषधि तथा क्रिमहरु हुन्छन् । तर यहाँ हामी यस्ता साधारण उपायबारे चर्चा गर्दैछौं जसले गर्दा दागलाई कम गर्न सकिन्छ । 

  • छाला सुख्खा हुने ठाउँमा नजानुहोस् । छालालाई नरम राख्नुहोस् ।

  • औषधि पसलमा चिकित्सको प्रेस्क्रिपशन बिना नै तपाईले यस्ता औषधि पाउन सक्नु हुन्छ ।

  • तपाईको संवेदनशील छालाका लागि अनुपयुक्त साबुन तथा स्याम्पु प्रयोग नगर्नुहोस् । 

  • कपडा लगाउँदा पोलिस्टरको प्रयोग नगर्नुहोस् । 

  • सामान्य कारणमा तनाव नलिनुहोस् । 

 

अझै समस्या बल्झिएमा के गर्ने त ?
माथि उल्लेखित उपायहरु अबलम्बन गर्दा पनि समस्या यथावत् रहेमा चिकित्सकले स्टेरोइड क्रिम सिफारिस गर्न सक्छन् । यस्ता क्रिमले दाग हटाउन तथा पीडा कम गर्न सहयोग गर्न सक्छन् । तर नियमित यस्तो औषधि प्रयोग गर्नु हुँदैन । चिकित्सकले एलर्जि वा चिलाउन कम गर्न खाने औषधीले एलर्जि वा चिलाउन कम गरेता पनि तपाईको रोग प्रतिरोधत्मक शक्तिलाई असर गर्दछ । कहिलकाँही छाला पोलेमा वा जसरी काम गर्नु पर्ने नगरेमा, संक्रमण समेत भएको हुन सक्छ ।  यस्तो अवस्थामा एन्टिबायोटिक प्रयोग गर्न सकिन्छ । 

 

यसबाट मुक्ति पाउन सकिन्छ त ?
एटोपिक डरमटाईटिस सामान्य अविभावक वा दाजुभाई, दिदि वहिनी जस्लाई यो रोग लागिसकेको छ । छालालाई सुख्खा नराखी तथा उल्लेखित सुझावहरुमा ध्यान दिएमा तपाईलाई केही राहत हुन सक्छ । सामान्यतया दाग आफै आउँछ र जान्छ । बच्चामा देखिएको यस्तो समस्या उनीहरु वयस्क भएपछि फेरि नआउने गरी स्वत हराएर जान्छ । 

bottom of page