top of page
टाउको दुखाई

टाउको दुखाई

मलाई टाउको दुखेको छ, उसले फेरि भन्छ । आफू प्रति ध्यान खिच्न बच्चाले वहानीबाजी गरेको हो या साँच्चै केही गम्भीर छ तपाईलाई छुटयाउन  कठिन हुन्छ । तपाईले चिन्ता लिनुपर्छ कि पर्दैन भनेर कसरी थाहा पाउने त ।

बच्चामा टाउको दुखाई, के यो वास्तविक हो । हो, बच्चाहरुलाई पनि सानै देखि टाउको दुख्न सक्छ ।

४ वर्षको उमेर सम्ममा ५ प्रतिशत बच्चाहरुलाई कहिलेकाँही कडा ढंगले टाउको दुख्छ । ५ प्रतिशत संख्यालाई हामी कम आँक्न सक्दैनौं । १८ वर्षको उमेरमा त झन् ९० प्रतिशत टाउको दुख्ने समस्याबाट पीडित हुन्छन्  के ले टाउको दुख्छ त । यसलाई दुई तरिकाले सोच्न सकिन्छ ।

प्राथमिक दुखाई – कुनै पनि विशेष कारण बिनाको दुखाई

दोश्रो वर्गको दुखाई– अन्य स्वास्थ्य समस्याको कारण सहितको दुखाई

प्राथमिक दुखाईमा बच्चामा प्राय कस्तो खालको दुखाई देखिन्छ त?

 प्रायजसो यस्तो दुखाई आउँछन् र थप पीडा नदिकन जान्छन् । तनाव, कम निद्रा र समयमा खानपीन नगर्ने व्यवहारका कारण बच्चालाई टाउको दुख्न सक्छ । धेरै प्रकारका प्राथमिक टाउको दुखाई मध्ये बच्चामा मुख्यतया दुई किसिमको पाउन सकिन्छ ।

 तनावको दुखाई–यो अवस्थामा टाउको दुवै भागमा हल्का दुख्छ । बच्चाले टाउको दुखेको छ भन्दै गर्दा पनि आफ्नो दैनिकीलाई अघि बढाउन सक्छ । यो पीडमा कहिलेकाँही उसलाई अरुको सहयोग पनि चाहिन सक्छ ।

 माइग्रेन – बच्चाहरु पनि माइग्रेनको शिकार हुन सक्छन् । यसमा हल्का दुखाइ मात्र हुने भएपनि दैनिकलाई कष्टकर बनाउन सक्छ । दुखाई टाउको दुवै भागमा वा एक मात्र भागमा हुन सक्छ । यस्तो अवस्थमा केही बच्चालाई कमजोरी तथा वान्ता हुन सक्छ । त्यस्तै केहीको दृष्टि शक्ति कमजोर हुन सक्छ । साथै वरपरको प्रकाश तथा हो–होल्लाले धेरै असर गर्न सक्छ ।

 दोश्रो वर्गको टाउको दुखाई के ले निम्त्याउँछ त ?

अन्य स्वास्थ्य समस्याका कारण यस्तो दुखाई निम्तिन्छ । विभिन्न खालको ज्वरो, रुखाखोकी, फ्लु वा पिनासको अवस्थामा यस्तो दुखाइ हुन्छ । यहाँ टाउको दुखाइसँगै अन्य लक्षणहरु पनि देखा पर्छन् । केही बच्चाहरु भने न्यून रक्तचाप, रक्तअल्पता, थाइरडको समस्या लगायतले पनि यस्तो दुखाईको शिकार हुन्छन् । केही दुलर्भ अवस्थामा ट्युमरका कारण समेत यस्तो दुखाई हुन सक्छ ।

तपाईले कहलिे चिकित्सकको सेवा लिने त ?

  • टाउको दुखाइकै कारण बच्चा निद्राबाट ब्यूझिएमा

  • टाउको दुखाइ कम नभइ स्थिति अझ जटिल भएमा

  • टाउको दुखाइसँगै वान्ता भएमा

  • धेरै ज्वरो आएमा

  • टाउको दुख्ने समस्यासँगै बोल्न कठिन भएमा

  • दृष्टि शक्ति कमजोर भएमा

  • निल्न गाह«ो भएमा

  • धेरै कमजोरी भएमा वा निश्चित ठाउँमा बस्न नै कठिन भएमा ।

  • क्यान्सर, मुटुरोग तथा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउनु आदिले पनि बच्चालाई टाउको दुख्न सक्छ ।

  • तीन वर्ष भन्दा कमको बच्चालाई टाउको दुखाइ

bottom of page