top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

अविभावक भएको नाताले बच्चालाई शारीरिक क्रियाकलाप सहित स्वस्थ्य जीवन शैली दिनु तपाइकै कर्तव्य हो । खेल रमाइलोका लागि मात्र होइन स्वास्थ्यका लागि पनि जरुरी छ भन्ने कुरा बच्चालाई सिकाउनु होस् । चार वर्षको उमेरमा दौडने, फ्याँक्ने, उफ्रने जस्ता खेलहरुले बच्चाहरुको शारीरिक क्षमतामा विकास भइरहेको हुन्छ । तलका तरिका सहित बच्चाहरुलाई राम्रो व्यवहार सिकाउनु होस् । 

मुटु - अमेरिकामा अन्य कारणले भन्दा मुटु रोगका कारण धैरैको मृत्यु हुने गरेको छ । शारीरिक क्रियाकलापका अरु क्षमताहरु विकसित भई मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । उफ्रने गतिविधिले उच्च रक्तचापको जोखिमलाई कम गर्छ भने शरीरमा राम्रो कोलस्ट्रोल (एचडीएल) को मात्रा पनि बढाउँछ । मुटु रोग वयस्कहरुसँग मात्र सम्बन्धित् भएपनि, तीन वर्ष मुनिका ५ प्रतिशत बच्चामा बोसोको खतरनाक तह आर्टरीमा भेटिएको छ । यसले गर्दा साना बच्चाहरुलाई पनि मुटु रोग लाग्ने खतरा हुन्छ । त्यसैले यो उमेर समुहका बच्चालाई शारीरिक क्रियाकलापमा संलग्न गराउनुपर्छ जसले गर्दा हप्तामा तीन पटक आधा घण्टाका लागि उनीहरुको मुटुको चाल बढ्छ । बच्चालाई अगाडि पछाडि जीऊ तन्काउन पनि लगाउनु पर्छ । 

बलियो मांशपेशी - घुँडालाई भुईमा टेकाएर बच्चालाई सहज ढ्रगले पुसअप गराउन सकिन्छ । बच्चा बढ्दै जाँदा उनीहरुको मांशपेशी बलियो हुनका साथै चोटपटक विरुद्धको प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । 

लचकता - जतिसक्दो चाँडो जीऊ तन्काउने खालको शारीरिक अभ्यास शुरु गर्नुपर्छ । यसो गर्नाले लचकता गुमाउने क्रमलाई रोक्न सकिन्छ । बच्चाले दुखाइ महसुस नगरे सम्म २०–३० सेकेण्ड सम्म जीऊ तन्काउन दिनुपर्छ । यस्तो बेलामा उफ्रनु भने राम्रो मानिदैन । 


४–५ वर्षका बच्चाहरुको खेलकुदको सीमालाई याद गर्नुहोस् । रमाइलो र चुनौतिपूर्ण क्रियाकलापमा उनीहरुलाई संलग्न गराउने प्रयास गर्नुहोस् । व्यस्त बनाउनका लागि मात्र केही अविभावकले यो उमेर समूहका बच्चाहरुलाई मैदानमा पठाएका हुन्छन्, तर याद गर्नुहोस्, यो उमेरका अधिकांशलाई बल फ्याक्ने र समात्ने कला आउँदैन । सामान्य नियमहरु पनि उनीहरुका लागि जटिल बन्न सक्छन् । धेरै अगाडि सुरु गर्दा पनि बच्चा आत्तिन सक्छ, त्यसैले बच्चाको उमेर र क्षमतालाई पहिचान गर्नुहोस् । 

बच्चाले कुन खेलमा आफूलाई आनन्द महसुस गर्छ, त्यो खासै ठूलो कुरा होइन । तर उनीहरुले आनन्द लिइरहेका छैनन्भने आफैलाई सोध्नुहोस्, किन यसो गरेको होला । यदि बच्चाले खेलमा आनन्द लिइरहेको छ भने उसले त्यसलाई निरन्तरता दिने सम्भावन अत्याधिक हुन्छ । 

यदि तपाईको बच्चा अरु बच्चाहरु सँग खेल्दैन वा खेलपछि दुखाईको महसुस गर्छ भने चिकित्सलाई भेट्नुहोस् । 

bottom of page