top of page
एफटीटी (खाना पचाउन नसक्ने)

एफटीटी (खाना पचाउन नसक्ने)

बच्चाको वृद्धि विकास उसले खाने पोषणतत्व, खोप, सरसफाइ सहित अन्य धेरै कुरामा भर परेको हुन्छ । तर यसमा अत्यन्त महत्वपूर्ण पक्ष भनेको उसले खाने खाना नै हो ।  पछिल्ला अध्ययनले के देखाएका छन् भने बच्चाको सुरुवाती वर्षको खानपीनको व्यवहारले पछिका वर्षहरुमा पनि प्रभाव पारिरहेको हुन्छ ।  बच्चालाई सही तरिकाले निर्देश गर्ने र उसलाई तथा तपाईलाई उत्कृष्ट को हो त्यो निक्र्यौल गर्ने क्षमता तपाईमा हुन्छ ।भर्खर जन्मिएको शिशु 


जब बच्चा जन्मिन्छ, उसको प्राय समय खान, सुत्न, रुन तथा शौच गर्नैमा बित्छ । पहिला केही हप्ताहरुमा स्तनपान गराउन सकेमा बच्चा र आमालाई धेरै फाइदा हुन्छ । स्तनपान गर्ने बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ सजले उसलाई संक्रमण र अन्य रोगबाट बचाउँछ । वयस्कमा मोटोपनाको शिकार तथा अन्य जटील रोगबाट पनि जोगाउँछ । त्यस्तै आमा र बच्चाबीच एउटा विशेष सम्बन्ध स्थापना हुन्छ । आमालाई रक्तपात हुनबाट रोक्छ । त्यस्तै मुधमेह, स्तन तथा पाठेघरको क्यान्सरको जोखिमबाट समेत आमालाई केही हदसम्म मुक्त गर्छ । यी बाहेक, स्तनपानले तपाईको ठूलो धनराशी जोगाउँछ । तपाईले चाहेको बेला जुनसुकै समयमा अन्य भौतिक वस्तुमा भर नपरी बच्चाको भोक मेटाउन सक्नुहुन्छ । पहिलो केही हप्ता सम्म स्तनपानको समय संगठित तथा नियमित नहुन पनि सक्छ । तर तपाई आत्तिनु पर्दैन । यदी तपाईको बच्चा दिनको कम्तीमा पनि ६ पटक दुध खान्छ, उसको तौल बढिरहेको छ, हर्ने घुर्ने गर्दछ, सर्तक तथा अनानन्द महसुस गरेको छ भने सम्झनुहोस्, सबै कुरा ठीक छ । विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो ६ महिनामा बच्चालाई स्तनपान गराउनै पर्छ र आवश्यकता अनुसार त्यसलाई निरन्तरता पनि दिन सकिन्छ । 


शिशु - बच्चा ६ महिनाको भएसँगै उसलाई नयाँ नयाँ स्वाद चखाउने गरी दैनिक खानामा अन्य कुराहरु समावेश गर्न सकिन्छ । बच्चालाई चाहिने सबै पोषण सहितको विविध खानेकुरा उपलब्ध गराउनुपर्छ । सुरुमा भिटामिन र आइरनले भरिपूर्ण उमिलएका सागसब्जीका टुक्रा, माछा वा मासु दिन सकिन्छ । गुलिया पदार्थहरु भने नदिनुहोस् । दिन बित्दै जाँदा नयाँ नयाँ स्वादको खानेकुरा दिई बच्चाले के मन पराउँछ त्यो हेर्न सकिन्छ ।  याद गर्नुहोस्, सुरुमा बच्चाले मन नपराएको खानेकुरा पछि सम्म पनि निरन्तर दिइरहनु पर्छ । 
एक वर्षको भएपछि बच्चालाई तपाईसँगै खाना दिनु वेश हुन्छ । दिउँसो भोकाएको बखत उसलाई स्न्याक्स् दिन सकिन्छ । उसले खाँदै गर्दा तपाई सतर्क हुनुपर्छ, त्यसलै उसले खान सक्ने गरी स–साना टुक्रा दिनुपर्छ । चकलेटको सट्टामा बच्चालाई राम्ररी हुर्काउन आवश्यक पोषणले भरिएका सागसब्जी, फलफूल, माछा, मासु सहित भात, आलु, रोटी जस्ता विविध खाना बच्चालाई दिनुपर्छ । 


बच्चा - समय बित्दै जाँदा अब तपाईको बच्चा अझ बढी स्वतन्त्र हुन्छ । ऊ अब आफै खान सक्ने हुन्छ  र उसका लागि तपाई आफैले खानेकुराको प्रबन्ध गर्नु पनि नपर्ने हुन सक्छ । तर याद गर्नुहोस्, उसले घाँटीमा खाना अड्काउन सक्छ, त्यसैले खाना खाने समयमा तपाई उसकै छेऊमा बस्नुपर्छ । समयसँगै उसलाई अरु पनि खाना रुचीकर हुन सक्छ त्यसैले विविधतालाई जोड दिनुहोस् । 


निष्कर्ष : बच्चालाई स्वस्थ्य राख्न तथा राम्ररी हुर्काउन उसलाई स्वस्थ्य तथा विविधताले पूर्ण खानेकुरा दिनु सबै भन्दा महत्वपूर्ण हुन्छ ।  पर्याप्त पोषण नपाएको अवस्थामा तपाईको बच्चा जसरी हुर्कन वा फस्टाउन पर्ने हो त्यो अवस्था नहुन सक्छ । यसका कारण भविष्यमा ऊ संक्रमित हुने र शरीरको मुख्य प्रणालीमा असर पर्ने खतरा हुन्छ । अभिभावक नै भएपनि सबै कुरा तपाईको नियन्त्रणमा नहुन सक्छ तर उसलाई खानका लागि सबैभन्दा उपयुक्त के हुन्छ, यो  विषयमा जानकार हुनैपर्छ । 

bottom of page