top of page

४-५ वर्षको उमेरमा बच्चा रातको समयमा १०–१३ घण्टा सम्म सुत्न सक्छ । दिनमा उनीहरु दुई देखि साडे दुई घण्टा सम्म सुत्न सक्छन् । यही बेलामा केही बच्चाले भने रातमा बढी निदाउने गरी दिनको निद्रा परित्याग गर्छन् । 

बच्चाले सुत्न नचाहेमा के गर्ने त, अधिकांश अभिभावकहरु आफ्ना बच्चा दिउँसो वा राति सुत्न नगएमा उनीहरु थाकेका रहेनछन् भन्ने ठान्छन् । तर यो वास्तविता होइन ।  गाडीमा चढाउने बित्तिकै बच्चा सुत्छ, दिउँसोको समयमा केही थकित देखिन्छ भने सम्भव भए सम्म तपाइले विहानै बच्चालाई उठाउनु पर्छ । बच्चा पर्याप्त मात्रामा सुत्दैन भने सुताइका राम्रा  अभ्यासहरु सिकाउनु पर्छ । सुत्नका लागि उपयुक्त समय तोकिदिनु होस्, राति सुताउनु अघि हल्का नुहाइदिने, कथा सुनाउने पनि गर्न सकिन्छ । 

नराम्रा सपना - यो उमेरमा बच्चाले नराम्रा सपना देखेर ऊ आतंकित समेत हुन सक्छ । स्वस्थ्य तालिका बनाएमा केही हद सम्म यो समस्यबाट मुक्ति पाउन सकिन्छ । यदि बच्चाले निरन्तर नराम्रा सपना देखेमा चिकित्सकले के गर्न सक्छ भनेर हामी भन्न सक्छौं । 

अभिभावकको रुपमा तपाइले के गर्ने त ?
बच्चा नराम्रो सपना देखेर उठेमा उसको नजिक गएर तपाई सँगै हुनुहुन्छ र नराम्रो केही हुँदैन भन्ने सन्देश दिनुहोस् । यो उपायले काम गरेमा बच्चा सुत्ने कोठामा बत्ति बालिदिनुहोस् र बच्चालाई सुत्न भन्नुहोस् । बच्चा डराउने केही सामानहरु कोठामा भएमा, त्यस्ता सामना हटाउनु होस् । निदाएको बखत मात्र यस्तो समस्या देखा पर्ने भएकाले विहान उठेपछि बच्चाले प्राय याद गर्दैनन् । रातको समयमा नराम्रा सपना देखेर डराएको अवस्थामा तपाईको बच्चालाई अधिकतम ४५ मिनेट सम्म (तर प्राय यो अन्तराल अत्यन्त कम नै हुन्छ) पिरोल्न सक्छ  । यस्तो स्थितिमा बच्चा अनियन्त्रित भएर रुन सक्छ, समात्ने प्रयास गर्दा तपाईलाई लात्तीले हान्ने वा धकेल्ने प्रयास गर्छ । यहाँ तपाईले बच्चालाई उठाउनु हुँदैन । उनीहरुलाई कुनै चोट लाग्दैन भनेर निश्चिन्त हुनुहोस् । उनीहरुलाई सुताउने नै प्रयास गर्नुहोस् । प्राय उनीहरु आफै सुत्न पनि खोज्छन् । याद गर्नुहोस् रातमा बच्चालाई हुने यस्तो समस्याले बच्चालाई भन्दा पनि अभिभावकलाई बढी आतंकित पारेको हुन्छ । त्यसैले शान्त रहनुहोस् ।

ओछ्यानमा पिसाव गर्नु- पाँच वर्षका उमेरका बच्चाले पनि राति ओछ्यानमा पिसाव गर्न सक्छन् । यो अवस्था भनेको खतरनाक पक्कै होइन तर पनि यसले बच्चा र अभिभावकलाई गम्भीर चुनौती दिन सक्छ । बच्चाले ओछ्यानमा पिसाव गर्ने कुनै पनि कारण हुन सक्छन्, जस्तै 

  • राम्रो निद्रा पर्ने भएका कारण मूत्रनली भरिएपनि बच्चाले थाहा नपाउन सक्छ । 

  • कब्जियत

  • रातको समयमा धेरै पिसाब निकाल्ने बानी हुन सक्छ 

  • परिवारका अरु सदस्यको इतिहास पनि त्यस्तै हुन सक्छ

  • अन्य स्वास्थ्य समस्या  ​​

अन्य स्वास्थ्य समस्या बच्चालाई पोटमा राखेर आफै दिशा पिसाव गर्न सीकाईरहेको अवस्थामा कहिलेकाही ओच्छयानमा दिशा पिसाव पनि गर्न सक्छन, यसो गरेमा बच्चालाई शान्त बनाउनु होस् र केही दिनका लािग डाइपर प्रयोग गर्नुहोस् । आधा वर्ष वा त्यो भन्दा बढी बच्चाले डाइपर प्रयोग गरिरहेको छ र अझै उसले अचानक ओछ्यान भिजाउँछ भने तपाईले चिकित्सकलाई भेट्नुपर्छ । याद गर्नुहोस् । बच्चालाई कहिल्यै गाली नगर्नुहोस् । उनीहरुसँग इमान्दार रहनुहोस् र उनीहरुको भावनाप्रति संवेदनशील बन्नुहोस् । राति धेरै नपिउने तथा सुत्नु अघि शौचालय जाने बानी सिकाउनुहोस् । दिउँसोको शौचमा पनि ध्यान दिनुहोस् । महत्वपूर्ण कुरा–सकारात्मक बन्नुहोस् । ओछ्यानमा पिसाव गरेको बहानामा बच्चालाई सजाय नदिनुहोस्,  बरु ओछ्यानमा पिसाव गर्न हुन्न भन्ने बारेमा सिकाउनु होस् ।

bottom of page