top of page

प्रत्येक उमेरमा राम्रो पोषण बच्चाको स्वस्थ्य जीवनको अभिन्न भाग बनेको हुन्छ । यो उमेरमा बच्चाले उच्च पोषणका वस्तु जस्तै ताजा फलफूल, सागसब्जी, माछा, मासुमा विशेष जोड दिँदै परिवारका अन्य सदस्यहरु सँगै खाना खाएको हुनुपर्छ । बच्चालाई गुलिया चकलेट तथा पेय पदार्थ दिन बन्द गर्नुहोस् । कहिलेकाँही डेजर्टको रुपम बच्चालाई आइसक्रिममा केकको टुक्रा हालेर दिन सकिन्छ । यो उमेरमा बच्चाहरु आफनो खान रोज्न सक्ने तथा खानाको सन्दर्भमा लागेको कुरा भन्न सक्ने हुन्छन् । बच्चालाई रिस देखाउनुको सट्टा प्लेटमा स्वस्थ्य खानेकुराहरु उपलब्ध गराउनु होस् । 


चार वर्षको भएपछि बच्चाहरु काँटा चम्चा प्रयोग गर्न सक्ने हुन्छन् । साथै अविभावकको सुपरिवेक्षणमा चक्कु कसरी समात्ने भन्ने बारेमा उनीहरुलाई जानकारी दिन सकिन्छ । खुल्ला मुख राखेर नखाने, नेपकिनको प्रयोग गर्ने जस्ता कुराहरु व्यवहारिक रुपमा बच्चालाई देखाएर नै सिकाउन सकिन्छ । टेबलको वरपरको गतिविधिलाई बच्चाले नक्कल गर्ने भएकाले सकारात्मक कुराहरु सिकाउनु होस् । कम्तीमा दिनको एक पटक परिवारका सबै सदस्यहरुबीच एकै टेबलमा बसेर खाना खाएमा बच्चाले धेरै राम्रा कुराहरु सिक्न सक्छ ।स्वस्थ्य खानपीनका लागि टिभीमा आउने विज्ञापनहरु शत्रु नै हुन् । अध्ययनहरुले के प्रमाणित गरेका छन् भने हप्तामा २२ घण्टा भन्दा बढी टिभी हेर्ने बच्चाहरु मोटोपनको शिकार हुन सक्छन् । गुलिया चकलेट तथा पेय पदार्थको विज्ञापनले ४–५ वर्षका बच्चालाई प्रभावित पार्ने सम्भावना उच्च हुन्छ । त्यसलै घरमा अरु राम्रो वातावरण कायम गरी बच्चाले टिभीमा बिताउने समयलाई कटौती गर्नु वेश हुन्छ । 

bottom of page