top of page
एफटीटी–संक्रमण विरुद्ध लड्दा शक्ति गुमाउनु 

एफटीटी–संक्रमण विरुद्ध लड्दा शक्ति गुमाउनु 

यदि तपाईको बच्चाले राम्रोसँग खाइरहेको छ तरपनि तौल गुमाइरहेको छ र अपेक्षाकृृत रुपमा बृद्धि विकास हुन सकेको छैन भने उसले खाएको खानालाई शक्तिमा परिणत गर्ने क्रममा केही समस्या उत्पन्न भएको हुन सक्छ । 
संक्रमण विरुद्ध लड्दा शक्ति गुमाउनु :
चिकित्सिय समस्याका कारण पाचन प्रणालीमा असर गर्ने गरी हाम्रा बच्चालाई वान्ता हुने वा झाडापखाला हुन सक्छ । प्रायजसो संक्रमणात्मक रोग (भाइरस तथा ब्याकटेरिया) का कारण यस्तो समस्या आउन सक्छ । यो अवस्थामा ब्याकटेरिया विरुद्ध लड्दा बच्चाको अधिकतम शक्ति प्रयोग भइरहेको हुन्छ । उसले आएको खानाको शक्तिमा रुपान्तरित हुनुको सट्टा  सको शक्ति वान्ता वा झाडामा नै खर्च हुन्छ । यो अवस्थामा तपाईले चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।  साथै उसलाई पर्याप्त झोलिलु पदार्थ दिनुपर्छ किनकि झाडा वा पखालाका कारण उसको शरीररमा पानीको मात्र कम भएको हुन्छ । 
भविष्यमा यस्तो हुन नदिन के गर्ने ?
- राष्ट्रिय खोप कार्यक्रम अनुसार बच्चलाई सबै खोप दिनुपर्छ किनकि खोपले पनि धेरै रोगबाट बच्चालाई बचाउँछ । 
- स्वस्थ्य जीवन शैली अपनाउनुपर्छ – खाना खानु वा खाइसकेपछि, डाइपर प्रयोग गरेपछि हात धुनुपर्छ ।

- घरमा कोही बिरामी भएमा बच्चालाई अलग खाटमा सुताउनु पर्छ । 
यी उपायले मात्र सबै रोग देखिँदैन भन्ने होइन तर रोगको जोखिमलाई भने पक्कै कम गर्छ । 
राम्रो सँग खाएपनि तौल प्राप्त नगर्ने अन्य कारण पनि हुन सक्छन्, त्यसैले तलका पृष्ठहरु पढ्नुहोस् । 

bottom of page