top of page

एडीचडी भनेको को हो ?
धेरैलाई हुने भएकाले यसलाई सामन्य मानिन्छ । एक अध्ययनका अनुसार विद्यालय उमेर समुहका अधिकांश एकाग्रतामा कमी भएका (करबि १० प्रतिशत) यो समस्या हुन्छ । विविध क्रियाकलाप सहित दुई वर्गका बच्चालाई यो समस्या हुन्छ । एकाग्र हुन नसक्ने बच्चाहरुमा मुख्यतया तल उल्लेखित लक्षणहरु देखा पर्न सक्छ । 

  • कुनै पनि कुरामा ध्यान नदिनु 

  • खेलको समयमा पनि एकाग्र नहुनु 

  • नाम सहित बोलाउँदा पनि सुन्न नसक्नु 

  • कुनै पनि निर्देशन पालना गर्न नसक्नु, लक्ष्य पूरा गर्न नसक्नु 

  • कुनै पनि कार्यक्रम गर्न कठिन महसुस गर्नु 

  • दिमाग लगाउनु पर्ने काम जस्तै होमवर्कबाट उम्कन खोज्नु 

  • सामानहरु हराउन थाल्नु आन्तरिक तथा बाह्य कारणले सजिलै स्तब्ध हुनु 

  • बिर्सने समस्या आउनु 

हडबडे बच्चाहरुले तलका लक्षणहरु देखाउँछन् । 

  • चकचके हुनु, औला खेलाइरहनु 

  • चाहिएको बेलामा पनि स्थिर नरहनु 

  • अनुपयुक्त अवस्थमा समेत दौडन, उफ्रन तथा चढ्न खोज्नु 

  • शान्त तरिकाले खेल्न नसक्नु 

  • यन्त्रसँगै गाँसिएको जस्तो गरी चलायमान रहनु 

  • बढी बोल्नु 

  • प्रश्न सकिनु अघि नै उत्तर दिन खोज्नु 

  • लाइनमा पर्खन नसक्नु 

  • अर्काको संवाद वा खेलमा प्रवेश गर्न खोज्नु 

बच्चाहरुमा एकाग्रताको कमी हुन सक्छ वा उनीहरु हडबडे हुन सक्छन् । तर कुनै बच्चामा यी दुवै लक्षणहरु पनि देखा पर्न सक्छ । 

माथिका लाइनहरु पढ्दै जाँदा तपाई वा परिवारका अन्य कुनै सदस्यले त्यस्तै गतिविधि गरेको स्मरण गर्न सक्नु हुन्छ । एडीएचडी निश्चित उमेर समुहमा हुने सामान्य प्रक्रिया हो तर यसले बच्चाका दैनिकीमा कठिनाई उत्पन्न गरेको छ भने सजग हुनैपर्छ । गलत तरिकाले नक्कल गर्ने परिपाटीका कारण पनि एडीएचडी देखापर्न सक्छ । तर कहिलेकाँही एडीएचडीसँगै अरु लक्षणहरु पनि देखिन्छन् जसको बारेमा चिकित्सकलाई जानकारी गराउनु पर्ने हुन्छ । 

एडीएचडीको पहिचान कसरी गर्ने ?

एडीएचडी एक किसिमको असामान्य व्यवहार हो । त्यसैले रक्त परिक्षण, एमआरआई वा त्यस्तै अन्य कुनै परिक्षणबाट यसको पहिचान गर्न सकिँदैन । जसरी दिग्दारी तथा तनावबारे बिरामी र उसको आफन्तले भनेपछि थाहाहुन्छ, त्यसरी नै  एडीएचडी बारे पनि पत्ता लगाउन सकिन्छ । यसमा सर्वप्रथम बच्चा र उसका शिक्षक शिक्षिकाहरुले सुनाउने अनुभव अत्यन्त महत्वपूर्ण हुन्छ । पहिचानको चरण लामो हुन्छ । 
सबै सहमत भएका बुँदाहरु 
अभिभावक, शिक्षक तथा मनोविज्ञ (आवश्यक पर्दा)बाट सूचनाहरु संकलन गर्ने र यसले बच्चाको व्यवहारमा कसरी प्रभाव पारेको छ भन्ने बुझ्ने, एडीएचडीको पहिचानका लागि यो काम सबैभन्दा महत्वपूर्ण हुन्छ । यस्को सुचना संकलन गर्दा स्थापित निर्देशिका वमोजिम गर्नुपर्छ । सूचनाहरु संकलन गर्दा नक्कल र एडीएचडीसँग आउने लक्षणहरुलाई वास्ता नगर्ने ।
प्रक्रियालाई सहज बनाउन बच्चाको चौतर्फी अवस्थाबारे अन्तर्राष्ट्रिय प्रश्नावली पनि छन् । भेन्डरविल्ट प्रश्नावली अमेरिकाका बालरोग विज्ञहरुले परीक्षण गरेका यस्ता प्रश्नावली  हुन जुन अमेरिका र विश्वभर प्रयोग भएका छन् । यी प्रश्नहरु प्रयोग गर्नुको फाइदा के हो भने यिनीहरु ठूलो जनसंख्याका लागि प्रयोग भइसकेका छन् । साथै रोग पहिचानका लागि मात्र होइन नक्कल र अन्य असहजताको परीक्षणका लागि पनि महत्वपूर्ण मानिएका छन् । बाँकी विश्वमा एडीएचडीको पहिचानका लागि कम्प्युटर प्रविधिमा आधारित धेरै प्रविधिहरु छन् । यहाँ महत्वपूर्ण कुरा के बुझ्नु पर्छ भने यी प्रश्नहरुले कुनै पनि अवस्थामा माथि उल्लेखित पहिचान प्रक्रियालाई विस्थापित गरेको हुनु हुँदैन । विश्वको कुनै पनि ठाउँमा एडीएचडीको पहिचानका लागि कम्प्युटर प्रविधिमा आधारित यी परिक्षणहरु आवश्यक पर्दैनन् । साथै यो प्रविधिले साँचो अर्थमा रोगको पहिचान पनि गर्दैन । कम्प्युटर प्रविधिमा आधारित यस्ता परिक्षण विश्वको जुनकुनै ठाउँका लागि  अत्यावश्यक होइनन्, तर यिनीहरुले कहिलेकाही समग्र प्रक्रिया र फलोअपमा सहयोग गर्न सक्छन् । 
 TOVA, MOXO, BRC यसका उदाहरण हुन् । 
माथि उल्लेख भए अनुसार नै रक्त परीक्षण तथ एमआरआई रोग पहिचानका अस्त्रहरु होइनन् । चिकित्सकसँगको संवादको क्रममा वा शारीरिक परिक्षाबाट केही शंका उत्पन्न भएमा भने केही परिक्षणहरु आवश्यक पर्न सक्छन् । 

bottom of page