top of page
तिन देखि चार वर्ष
मुख्य वर्ग-अब तपाईको बच्चा शिशु स्याहार केन्द्र जाने उमेरको भएको छ । त्यसैले अब उसको सामाजिक जीवनमा परिवर्तन आउँछ । साथीहरुसँग ऊ संयुक्त खेलमा संलग्न हुन थाल्छ, केही खेलहरु कल्पनाले भरिएका समेत हुन सक्छन् । उस्तै वाक्यहरु अब उनीहरु भन्न सक्छन् । रङ, अंक र तपाईले सिकाउन चाहेका अन्य वस्तुमा उनीहरु निकै रमाउँछन् । अब विस्तारै टिभीको समयमा कटौती गर्नुहोस् र बच्चालाई स्वस्थ्य खानपीनमा संलग्न गराउनु होस् । बेलैमा यसो नगरेमा पछि नयाँ वातावरण तथा साथीहरुको संगतले गर्दा स्थितिलाई नियन्त्रणमा लिन कठिन हुन सक्छ ।
bottom of page