top of page

सिड्स भनेको त्यस्तो प्रक्रिया हो जहाँ एक देखि चार महिना सम्मको बच्चाको सुतिरहेकै अवस्थामा विना कारण ज्यान जान सक्छ । कहिलेकाँही यस्तो जोखिमपूर्ण अवस्था एक वर्ष सम्म नै कायम रहन सक्छ । 
भविष्यको आमाको रुपमा तपाईले सिड्सको जोखिमलाई कसरी कम गर्न सक्नुहुन्छ ?
गर्भावस्थामा धुमपान, मद्यपान तथा लागूऔषध प्रयोग गर्नु हुँदैन । आफ्नो गर्भावस्थामा स्त्रीरोग विशेषज्ञसंग नियमित परिक्षण गराउनु पर्दछ । बच्चा जन्मिसकेपछि तल उल्लेखित बुँदाहरुमा ध्यान दिएमा सिड्सको जोखिम कम गर्न सकिन्छ । 
१. पोषण–६ महिना सम्म स्तनपान गराउने 
२. सुरक्षित तरिकाले सुत्ने वातावरण मिलाउने 
३. बच्चालाई आफू सुत्ने कोठामा नै सुताउने तर एउटै खाटमा नसुताउने, रातको समयमा पनि सजिलै पुग्न सक्ने गरी बच्चा सुत्ने स्थानको प्रबन्ध मिलाउने  
४. सुरक्षा मापदण्ड पूरा गरिएको खाट सहित त्यसमा कडा खालको म्याटरेस प्रयोग गर्ने
५. ढाडपछाडि पारी बच्चालाई सुताउनु सबैभन्दा उपयुक्त हो । पेट थिचिने गरी तथा कुनै एक दिशामा फर्काएर सुताउनु हुन्न । यो कुराको जानकारी बच्चालाई हेर्ने सबैलाई दिनुपर्छ किनकि सिड्स रातको समयमा मात्र नभएर दिनको कुनै पनि समयमा हुन सक्छ । यसको अर्थ तपाईको बच्चाको पेटको कुनै प्रयोग नहोस् भन्ने होइन, बरु उठेको अवस्थामा तपाईको निगरानीमा बच्चाको पेट चलायमान भएमा मांसपेशीहरु थप मजबुत हुन्छन् ।  
६. रातको समयमा तपाईको बच्चाको शरीरको तापक्रम अत्याधिक बढेको हुनुहुन्न । रातको समयमा हल्का लुगा लगाइदिएर कोठाको तापक्रम २२ देखि २४ डिग्री सम्म राख्नुपर्छ । बच्चाको शरीरबाट धेरै पसिना आएको, गालाहरु राता भएको, छिटो–छिटो स्वाँस लिएको, कपाल चिसो भएको बारेमा जानकार हुनुहोस् । 
७. बच्चा सुत्ने खाटको विशेष ख्याल गर्नुहोस् । खाटमा तकिया नराख्नुहोस्, खेल सामाग्रीहरु पनि नराख्नुहोस् । सास फेर्न गाह«ो हुने गरी टोपी र मुख छोप्ने कपडा नलगाइदिनुहोस् । 
८. सुत्नु अघि बच्चालाई चुस्ने सामाग्री दिनुहोस् । 
९. बच्चा सुत्ने कोठाको झ्याल खुल्ला राख्नुहोस् । कोठामा हावाको बहाव राम्रो हुनुपर्छ । 
माथि उल्लेखित सबै बुँदाहरु कार्यान्वयन गरेमा तपाई आफ्नो बच्चालाई सुरक्षित राख्न सक्नु हुनेछ । 

bottom of page