top of page

प्रत्येक दिन बित्दै जाँदा तपाईको बच्चाको निरन्तर विकास भइरहेको हुन्छ । 

भाषिक क्षेत्र - पाँच वर्ष भएपछि तपाईको बच्चालाई हजारौं शब्द थाहा हुन्छ तर उसले ती मध्ये अधिकांशको सही ढंगले उच्चारण गर्न सक्दैन । यो उमेरमा बच्चाले निरन्तर प्रश्न सोध्ने, कथा भन्ने र आफ्नो अनुभव सुनाउने गर्छन् । उनीहरु अब कडा परिश्रमपछि प्राप्त मौखिक क्षमता अभ्यास गरिरहेका हुन्छन् । 
शब्दहरुको सही उच्चारण गरेर तपाई बच्चालाई सहयोग गर्न सक्नुहुन्छ । तपाई विगत र भविष्यबारे पनि सोध्न सक्नु हुन्छ । जस्तै – हिजो तिम्रो दिन कस्तो रह्यो, भविष्यको योजना के छ । ऊ सँग संवाद गरेर नै उसको बोल्न सक्ने क्षमतामा सुधार ल्याउन सकिन्छ । 

शारिरिक गतिविधि - यो क्षेत्रमा पनि बच्चाको विकास भइहेको हुन्छ । उसको सन्तुलनमा सुधार आइरहेको हुन्छ,  । अब उसलाई पौडी, साइक्लिङ जस्ता केही जटिल खेलमा सहभागी गराउनु पर्छ । धेरै अभिभावकहरु आफ्नो बच्चामा उर्जाको अन्त्यहीन मात्रा हुन्छ भन्ने मान्यता राख्छन् । ५ वर्षको बच्चामा यो गुण हुन्छ ताकि थाकेपनि उनीहरु निरन्तर दौडने तथा खेल्ने गर्छन् । उर्जा खपत गर्नका लागि शारीरिक क्रियाकलाप उपयुक्त हुन्छ । अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनले पनि दैनिक आधा घण्टा शारीरिक गतिविधिलाई छुट्याउनु पर्ने बताउँछन् । 

सामाजिक तथा भावनात्मक विकास - पाँच वर्षको उमेरमा विगतमा सामान्य लागेका गतिविधिहरु जस्तै बिदाईको क्रममा रुने, नयाँ मान्छेहरु सहभागी खेलमा सहभागी हुन चासो नदिने जस्ता क्रियाकलाप कम स्विकार्य हुन सक्छन् । 
याद गर्नुहोस्, तपाईको बच्चाको वृद्धि विकास भएपनि यो उमेरमा धेरै बच्चाहरु विशेष गरी नयाँ परिवेशमा लजालु हुन्छन् । यसको अर्थ तपाईको बच्चा जीवनभर लजालु हुन्छ भन्ने कदापि होइन । साथी तथा परिवारको सहयोगमा नयाँ सामाजिक परिवेशमा यस्तो समस्याबाट कसरी उन्मुक्ती पाउने भनेर उनीहरुले जान्न पनि थाल्दछन् । उसको बानीमा परिवर्तन ल्याउनुको सट्टा नयाँ जटिल परिस्थितिका लागि उसलाई तयार बनाउने प्रयास गर्नुहोस् । होहल्ला सहित गरिने बर्थ डे पार्टीहरुबाट उसलाई दिग्दारी लागेमा घरमै सामान्य तरिकाले मनाउनु होस् । प्रष्ट निर्देशनले बच्चालाई सुरक्षाको प्रत्याभूति दिन्छ, जस्तै तपाईको बच्चाले घरमा साथीहरुलाई खेल्न निम्तो गर्छ भने कति बच्चा आउने हो र उनीहरुले कति समय सम्म खेल्ने हो, त्यसको निक्र्यौल गर्नुहोस् । 

माथि नै उल्लेख भए अनुसार बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर तल उल्लेखित क्रियाकलाप गरेका भने तपाईले चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । 

  • रिसाह प्रवत्ति देखाइरहेमा वा आत्तिइरहेमा 

  • कुनै पनि विषयमा पाँच मिनेट भन्दा बढी केन्द्रिकित हुन नसकेमा 

  • अभिभावकसँग छुटिनु पर्दा कडा आपत्ति जनाएमा 

  • आफ्नो उमेर समुहका बच्चाहरुसँग खेल्न नमानेमा 

  • मानिस तथा वातावरणप्रति प्रतिक्रियाविहिन भएमा  

  • खाँदा, सुत्दा तथा शौचालय प्रयोग गर्दा कठिनाइ भएमा  

  • कुनै पनि कुरा बुझ्न कठिन भएमा

  • दाँत माझ्न कठिन भएमा 

  • हात पखाल्न नसकेमा 

bottom of page