top of page
कृत्रिम दुध

कृत्रिम दुध

स्तनपान तपाईको बच्चाको लागि सबैभन्दा उपयुक्त पोषणतत्व हो र बच्चा ६ महिना नभएसम्म अधिकतम स्तनपान जरुरी पनि हुन्छ तर कतिपय अवस्थामा स्तनपान सम्भव नहुन पनि सक्छ । कतिपय महिला स्तनपान गराउने प्रयास गर्दा गर्दै पनि सफल हुन सक्दैनन् । कतिपयले स्तनपान सहित अन्य खानेकुरा दिन चाहन्छन् भने कोही स्तनपान नै नगराउन चाहने पनि हुन्छन् । बच्चाका लागि आवश्यक कृत्रिम दुध उत्पादन गर्ने केही उद्योगहरु छन् । यसबीचमा तपाईले चाहे अनुसार छनौट गर्न सक्नु हुनेछ । त्यस्तै सम्पर्क गरेपिच्छेका व्यक्तिहरुबाट अलग अलग सल्लाह सुझाव पाउन सक्नुहुन्छ ।

तर तपाईले कसरी आफ्ना बच्चाका लागि उपयुक्त छनौट गर्ने त ।

कृत्रिम दुध सम्भव भए सम्म गाईको दुधवाट आमाको दुध सरह नै बनाउने प्रयास गरिएको हुन्छ । विशेषगरी यिनीहरुलाई गाईको दुधको प्रोटिन बाट तयार गरिन्छ । तर विशेष अवस्थामा बच्चाहरुलाई अरु थप पोषण चाहिएको हुन्छ । 

नेपालको परिपे्रक्षमा कृत्रिम दुध को रुपमा ल्याक्टोजीन र पेडियाप्रो नामक उत्पादनहरु उपलव्ध छन । ल्याक्टोजीनका बच्चाहरुको उमेर अनुसारका तिनवटा उत्पादनहरु (ल्याक्टोजीन १, ल्याक्टोजीन २ र ल्याक्टोजीन ३) उपलव्ध छन ।

ल्याक्टोजीन १:  ल्याक्टोजीन १ स्तनपान नगर्ने छ महिना सम्मका शिशुहरुका लागि उपलव्ध कृत्रिम दुध हो ।

उपलव्ध पोषक तत्वहरु

Maltodexrin, Milk solids, Demineralised whey, Soyabeal oil, Corn oil, Minerals, Soya lecithin, Vitamins, Taurine and L-Carnitine

ल्याक्टोजीन २: ल्याक्टोजीन २ स्तनपान नगर्ने छ महिना पछिका शिशुहरुका लागि उपलव्ध कृत्रिम दुध हो 

उपलव्ध पोषक तत्वहरु

Milk solids, Maltodextrin, Demineralised whey, Soyabean oil, Corn oil, Minerals, Soya lecithin, Vitamins and Acidity regulator (Citric acid)

ल्याक्टोजीन ३: ल्याक्टोजीन ३ स्तनपान गर्न छोडेका १ वर्ष पुगेका शिशुहरुका लागि उपलव्ध कृत्रिम दुध हो 

उपलव्ध पोषक तत्वहरु

Milk solids, Maltodextrins, Sucrose, Corn oil, Soyabean oil, Soya lecithin, Minerals and Vitamins

एङकर पेडियाप्रो (पेडियाप्रो १ र पेडियाप्रो २ ) बच्चा १ वर्ष भएपछी मात्र प्रयोग गरिन्छ ।

एङकर पेडियाप्रो १: एङकर पेडियाप्रो १—२ वर्ष सम्मका बच्चाहरुको लागि उपलव्ध कृत्रिम दुध हो ।

उपलव्ध पोषक तत्वहरु

Protein, Calcium and fortified with DHA, Vitamins A, C, E, B1, B3, B6, D3 and Iron, Zinc, Copper, Selenium, Folic Acid and added with prebiotics (Inulin).

एङकर पेडियाप्रो २:  स्तनपान गर्न छोडेका २—५ वर्ष पुगेका शिशुहरुका लागि उपलव्ध कृत्रिम दुध हो

उपलव्ध पोषक तत्वहरु

Protein, Calcium, fortified with DHA, Vitamins A, C, E, B1, B3, B6, D3. Also contains Iron, Zinc, Copper, Selenium, Folic Acid and added with prebiotics (Inulin).

bottom of page