top of page

तपाईलाई पहिला नै थाहा भइसक्यो कि पहिलो केही महिनाको बच्चाको खानेबानीले उसको शारीरिक बनावटका सन्दर्भमा जीवनभर प्रभाव पारेको हुन्छ । उसो भए नयाँ कुरा के त 
अब बच्चालाई नयाँ खाना दिन सकिन्छ । तर बच्चा नयाँ खानाको लागि तयार भएको कुरा कसरी थाहा पाउने ?
के कुनै सहयोग बिना बच्चा आफै बस्न सक्दछ, त्यस्तै निरन्तर केही समय सम्म टाउको सिधा पार्न सक्छ त । आमाको स्तन तथा बोतल बाहेक ऊ अरुको प्लेटको खाना समात्न तयार देखिन्छ त । यदि देखिन्छ भने तपाई बच्चालाई अन्य खाना दिन सक्नु हुन्छ । 
त्यसो भए बच्चालाई तपाईले के दिने त ?
आइरन र भिटामिनयुक्त खानेकुरा जस्तै सागसब्जी, माछा मासु दिनु उत्तम हुन्छ । बच्चालाई फलफूल दिनुहोुस् ताकि ऊ गुलिया बस्तुहरुबाट टाढै रहोस् । पक्कै पनि गुलिया वस्तुको स्वादलाई जित्नु कठिन नै हुन्छ, किनकि अन्य स्वादहरु त्यति रुचीकर हुँदैनन् । बच्चाले बजारमा पाइने खाना तथा गुलिया पेदार्थहरुको स्वादबाट टाढै राख्नुहोस् । बजारमा पाइने मिठा स्वाद भएका खाद्य पदार्थले विस्तारै कुनै पनि वस्तुको स्वाद थाहा पाउने बच्चाको शक्तिलाई नष्ट गर्दछ, साथै स्वस्थ्य तथा गुणस्तरीय खाना उपभोग गर्ने उसको क्षमतामा ह«ास ल्याउँछ । 
बच्चालाई कसरी खुवाउने ?
स्वादका लागि बच्चालाई खानेकुराको सानो टुक्रा दिनुहोस्, समय बित्दै जाँदा बच्चाले आवश्यकता अनुसार खानेकुराको मात्रा बढाउँदै जान्छ । याद गर्नुहोस्, तपाइले स्वाद थाहा पाउन बच्चाका लागि दिएका सबै खानेकुरा अत्यन्त नरम हुनु पर्दछ । एक पटकमा एउटा मात्रै नयाँ खानेकुरा दिनुहोस् ताकि बच्चाले त्यसलाई मन पराएको वा नपराएको सजिलै थाहा हुनेछ । तीन दिनमा एउटा नयाँ परिकार दिनु उत्तम मानिन्छ । यदि बच्चाले खान अस्विकार गरेमा, हरेश नखानुहोस् । दिनप्रतिदिन बच्चाको जिब्रोले नयाँ–नयाँ स्वाद खोजिरहेको हुन्छ, त्यसैले उही खानेकुरा तपाईले दश पटक सम्म दिँदा पनि खासै फरक पर्दैन ।  
बच्चालाई आफैं खानका लागि प्रेरित गर्नुहोस् । निश्चय नै यसले गर्दा, तपाईको घर केही फोहोर हुन सक्छ र बच्चाको खाने अवधि लम्बिन सक्छ तर यसले बच्चाको शारिरिक गतिविधि भने पक्कै बढाउँछ । साथै ढिलो चाँडो बच्चाले कति खान सक्छ भन्ने कुराको ज्ञान हुन्छ । 

bottom of page