top of page

गर्भनालले बच्चा र आमाको साललाई जोड्ने काम गर्दछ जसबाट गर्भको समयमा बच्चाले आवश्यक पोषण तथा अक्सिजन प्राप्त गर्दछ । बच्चा जन्मिसकेपछि नालको कुनै आवश्यकता पर्र्दैन र सुडेनीले बच्चालाई कुनै हानी नहुने गरी नाललाई बाहिर निकाल्छ । पीडा रहित यो प्रक्रियापछि बच्चाको नाईटोसंग जोडिएको नालको एउटा ठूटो मात्र छोडिन्छ । केही दिनपछि निलो–निलो सेतो रङको ठूटो सुख्या भएसँगै कालोमा परिणत हुनेछ । हप्ता तथा तीन हप्ताको बीचमा ठूटो आफैं सुक्छ । नसुके सम्म गर्भनालको सुरक्षा कसरी गर्ने भन्ने बारेमा केही कुरामा ध्यान दिनु पर्दछ । 


ठूटोलाई सफा राख्ने– सुख्खा बनाउन सहयोग पुग्ने गरी तथा घाऊ नहुने गरी । विगतमा अभिभावकहरुलाई स्प्रीटको प्रयोग सहित ठूटाहरु सफा गर्न सल्लाह दिइन्थ्यो । तर.अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (अमेरीकन वालरोग प्रतिष्ठान)को नयाँ निर्देशिका अनुसार यस्ता पुरातन कार्यहरुमा परिवर्तन आइरहेका छन् । स्प्रीटीले ठूटो सफा गर्दा सुकाउन समय लाग्ने र संक्रमणको खतरालाई समेत नघटाउने हुँदा निर्देशिकाहरु अद्यावधिक गरिएका हुन् । निर्देशिका अनुसार हल्का रुपले पानी प्रयोग गरी ठूटोलाई सफा तथा सुख्खा बनाउन सकिन्छ । 
ठूटोलाई सुख्खा नै राख्नुहोस् – सुरुवातका केही दिनहरुमा जीउ भिज्ने गरी ननुहाउनुहोस्, बरु स्पन्जको प्रयोग गरी बच्चालाई सफा राख्नुहोस् । तपाईले बच्चालाई नुहाउने निर्णय गर्नु भएको छ भने, ठूटो वरपरको भागलाई सुख्खा बनाउनु होस् ।बच्चाको डाइपरलाई ठूटो भन्दा टाढैको भागबाट पट्याउनु होस्, ताकि यो सफा तथा सुख्खा रहोस् । सम्भव भएमा ठूटालाई हावाको सम्पर्कमा रहनु दिनुहोस् । त्यस्तै बच्चालाई एकपछि अर्को लुगाहरु नथोपरिदिनुहोस् ।बाहिरपट्टी धागाहरु लत्रिएको जस्तो देखिएपनि ठूटोलाई जर्बजस्ती तान्ने प्रयास नगर्नुहोस् ।


चिकित्सकलाई कहिले सम्पर्क गर्ने ?
गर्भनालमा संक्रमण देखनु भनेको दुलर्भ हो तर केही संकेतहरु बारे थाहा पाइराख्नु महत्वपूर्ण हुन्छ । संक्रमण भएमा, ठूटो र त्यसको वरपरमा छुने बित्तिकै बच्चा रुन सक्छ । ठूटो वरपरका छालाहरु राता हुन्छन् तर त्यहाँबाट दुर्गन्ध आउँछ । कहिलेकाही पहेलो–पहेलो पिप झरेको समेत देखिन्छ । यस्ता संकेतहरु देखिएमा तत्काल चिकित्सकलाई सम्पर्क राख्नुपर्छ । 
कहिलेकाँही ठूटाहरु झरेपछि केही रगतका थोपाहरु समेत देख्न सकिन्छ, जुन सामान्य हो । तर रगत झर्ने क्रम नरोकिएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । 

bottom of page