top of page

यो कुरा सुनेर तपाई खुशी हुनु हुनेछ कि तीन महिनाको अवधि सम्ममा तपाईको बच्चामा धेरै महत्वपूर्ण परिवर्तनहरु आइसकेका हुनेछन् । आफ्नै शरीरलाई लिएर उत्सुक तपाईको बच्चा दिनप्रति दिन आफूलाई नियन्त्रित गर्न शुरु गरिरहेको हुन्छ । उनीहरुका हातहरु कुनै पनि विषयका अन्त्यहीन स्रोत हुन्छन् र उनीहरुको नयाँ–नयाँ चाल तथा केही कुरा जान्ने जिज्ञासाले तपाईलाई आनन्दित बनाउनेछ । विस्तारै खेलप्रति पनि उनीहरुको रुची बढ्दै जान्छ । 
बच्चा उठेको बेलामा अभिभावकको सुपरिवेक्षणमा बच्चालाई घोप्टो पारेर राख्नु पर्दछ । त्यसपछि तपाईले बच्चाले टाउको तथा पेट उठाएको देख्न सक्नुहुनेछ, साथै खुट्टा तन्काएको तथा पछाडि पट्टि लात्ती हानेको देख्न सक्नु हुनेछ । म्याट्रेसमा तपाई बच्चासँग खेल्दै गर्दा, झुण्डिएका वस्तुहरु झुण्ड्याउनु होला जसले गर्दा बच्चाले त्यस्ता वस्तु समाउने तथा पक्रने प्रयत्न गरोस् । 
दृष्टि - तपाईको बच्चा बढ्दै गर्दा उसले आफू वरपर रहेका व्यक्तिहरुलाई हेरिरहेको देख्न सक्नु हुनेछ । चिरपरिचित अनुहारहरुलाई उसले टाढाबाटै चिन्दछ र घुमीरहेका वस्तुहरुलाई पछ्याइरहेको हुन्छ । समयसँगै उसको हात–आँखाको संयोजनमा सुधार आउनेछ । 
उनीहरुले के सुन्छन् त ?
एक महिना सम्मको अवधिमा बच्चाको श्रवण शक्ति विकसित भइसकेको हुन्छ । अब बच्चाले तपाईको आवाजको प्रतिउत्तरमा केहि आवाजहरु दिन थाल्दछ भने चिरपरिचत अनुहार देख्ने बित्तिकै स्वत स्फूर्त रुपमा मुस्कुराउन थाल्दछ । त्यस्तै अस्पष्ट रुपमा भएपनि केही आवाजहरुलाई नक्कल गर्ने प्रयास गर्दछ । कुनै पनि आवाज आइरहेको दिशा पहिचान गर्न तथा आफनो टाउको सोही दिशातर्फ फर्काउन समेत बच्चा सक्षम हुन्छ। 
सामाजिक रुपमा - अब तपाईको बच्चाले चिरपरिचत अनुहार तथा आवाजको प्रतिउत्तरमा सामाजिक मुस्कान दिन थाल्दछ । साथै ऊ अरुहरुको साथमा रमाउँदै खेलकूदमा समेत सहभागी हुन थाल्दछ । वृद्धि विकाससँगै बच्चाहरु अझ बढी बोलचाल गर्न थाल्दछन्, वरपरको वातावरणप्रति प्रतिक्रियात्मक हुने उनीहरु वरपरका व्यक्तिहरुको चाल तथा अनुहारका भावहरुलाई नक्कल गर्ने प्रयास गर्दछन् । 
याद गर्नुहोस्, प्रत्येक बच्चा आफ्नै तरिकाले विकसित भइरहेका हुन्छन्, यहाँ उल्ल्ेख भइरहेका समयसीमा भन्दा केही फरकमा बच्चाहरुको विकास भएको हुन सक्छ, तर यसमा तपाई आत्तिनु पर्दैन । तपाईको बच्चा तीन महिनाको भइसकेको छ र उसले तल उल्लेख भए बमोजिमका व्यवहार देखाउँछ भने तपाईले बालरोग विशेषज्ञलाई सम्पर्क गर्न सक्नु हुनेछ । 
चलायमान बस्तुहरु नहेरेमा
एउटा वा दुवै आँखा कुनै पनि वा सबै दिशामा घुमाउन कठिनाई भएमा 
वरपरका आवाजहरुप्रति प्रतिक्रिया विहिन भएमा 
सामाजिक रुपमा मुस्कान नदिएमा 
वरपरका मानिसहरुको हाँसो तथा मनोरञ्जनात्मक गतिविधिमा समेत प्रतिक्रिया नदिएमा 
पेट भुईमा भएको अवस्थमा केही छिनका लागि समेत टाउको उठाउन असर्मथ भएमा

bottom of page