top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

बच्चाको दैनिकीमा सक्रिय खेलहरुसँगै शारीरिक गतिविधिलाई पनि संलग्न गराउनुहोस् । यो समयमा बच्चाको रुची आफ्नै वातावरणमा हुन्छ, घस्रेर ऊ घरका नयाँ तथा आकर्षक ठाउँमा पुग्न थाल्दछ । साथै फर्निचरको सहयोगमा केही समय उभिन पनि थाल्दछ । त्यसैले वरपर सुरक्षित वातावरण कायम गर्नुहोस्, बलियो हुने गरी पर्याप्त मात्रामा चलायमान बनाउनु होस् । ऐनाहरुको पहुँचबाट टाढा राख्नुहोस्, नयाँ–नयाँ चुनौति सामाना गर्ने गरी घरबाहिर लगेर खेलाउनुहोस् । याद गर्नुहोस्, बच्चामा कुनै पनि बानी नसिकेमा पछि सोही बानी व्यवहारमा उतार्न तपाईलाई कठिन हुन्छ ।

bottom of page