top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

सक्रिय खेल समय

कलिलो उमेर देखि नै बच्चाहरुलाई दैनिक खेलकूदमा संलग्न गराउनु महत्वपूर्ण हुन्छ । यसो गरेमा बच्चाको मांशपेशी बलियो हुनका साथै शारिरिक गतिविधिमा पनि सुधार आउँछ । उसो भए तपाईले के गर्ने त । घर भित्र वा बाहिर बच्चालाई प्रत्येक दिन दौडन तथा उफ्रन दिनुपर्छ । यसका लागि लुकामारी खेल सहित नृत्य, बल फाल्ने तथा समात्ने जस्ता गतिविधि गर्न सकिन्छ । बच्चाले तपाईको सुपरिवेक्षणमा सुरक्षित स्थानमा मात्र खेल्नुपर्छ । 

टिभी हेर्ने समय छोट्टयाउनुहोस - बच्चालाई टिभीबाट अलग राख्नु नै बेस हुन्छ । तर केही समय दिने हो भने दुई घण्टा भन्दा बढी नबिताउने गरी टिभी हेर्न दिन सकिन्छ, तर यो समय जति कम गर्न सक्यो, उति उत्तम हुन्छ । अनुसन्धानहरुले के प्रमाणित गरेका छन् भने दिनमा दुई घण्टा भन्दा बढी टिभी हेर्ने बच्चाहरु मोटोपनको शिकार हुन सक्छन् । उनीहरुमा कुनै पनि विषयमा केन्द्रित हुने क्षमतामा ह«ास आउँछ भने क्रमशः रिसालु समेत हुँदै जान्छन् । जे गरेपनि बच्चा सुत्ने कोठामा भने टिभी राख्नु हुँदैन । सबैले हेर्ने कोठामा टिभी राख्नु उपयुक्त हुन्छ । त्यस्तै बच्चालाई अभिभावकको सुपरिवेक्षणमा सान्र्दभिक विषय मात्र हेर्न दिनुपर्छ 

bottom of page