top of page

बाह्र देखि अठार महिना 

मुख्य बर्ग-बधाई छ, बच्चा एक वर्ष पूरा भइसकेको छ । पछिल्ला महिनाहरुमा उत्साहित पार्ने गरी बच्चामा पूर्ण परिवर्तनहरु देखिए, अब आउने महिनाहरुमा तपाई थप उत्साहित हुनुहुनेछ । 

पहिलो प्राथमिकता स्वास्थ्यलाई–बच्चाको पहिलो जन्मदिनको अवसरमा तपाई चिकित्सकलाई भेट्न सक्नु हुन्छ, यसबीचमा तपाईको बच्चामा धेरै वृद्धिविकास भइसकेको हुन्छ । बच्चा खोपहरुबाट डराउने समेत हुन सक्छ । यो अनुभवलाई तपाई अझ सहज बनाउन सक्नुहुन्छ । 
आगामी केही महिनामा तपाई बच्चाबाट कस्तो खालको आर्कषण अपेक्षा गर्नुहुन्छ । तपाईको
बच्चा अब विस्तारै पहिला तपाईको सहयोगमा तथा पछि आफै घर वरपर डुल्न थाल्दछ । विगतमा तपाईले भनेका सबै कुराहरु बच्चाले लिन थालेको कुरा तपाईले अचानक महसुस गर्न थाल्नुहुन्छ । साथै उनीहरुले अब नयाँ शब्दहरु (शुद्ध वा अशुद्ध रुपमा) को प्रयोग समेत सुरु गर्दछन् । उनीहरुलाई मन पर्ने तथा नपर्ने खानेुकरा तथा निद्रालाई लिएर समेत धेरै परिवर्तन देखा पर्न थाल्दछ । 

बाह्र देखि अठार महिना 
bottom of page