top of page

तपाईको बच्चामा निरन्तर वृद्धि विकास भइरहेको छ, त्यसैले उसलाई ११–१४ घण्टा सम्म निदाउन दिनुपर्छ । निद्रा अपुग भएमा बच्चाको मुड खराब हुने मात्र होइन, ऊ कुनै पनि विषयमा केन्द्रिकित हुन पनि सक्दैन । त्यसैगरी उनीहरु मोटोमन, मधुमेह तथा.रोग प्रतिरोधात्मक क्षमतामा ह्रास पनि हुन सक्छन् । राम्रो निद्रा बच्चाका लागि भविष्यमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ तर पक्कै पनि यो सजिलै प्राप्त गर्न कठिन हुन्छ । बच्चालाई हल्का नुहाइदिएर, दाँत माझिदिएर, पुस्तक पढ्न दिएर तथा गीत सुनाएर एकै समयमा सुताउनु उपयुक्त हुन्छ । बच्चालाई आफै सुत्न दिनुहोस् । बच्चालाई सुत्ने समयमा गुडीया वा त्यस्तै खालको नरम खेल्ने कुरा दिन सक्नु हुन्छ जसले गर्दा बच्चाले सुरक्षित महसुस गर्न सक्छ । 

परिवार सहित घुम्ने योजनामा हुनुहुन्छ । घुम्न जाँदा पनि बच्चालाई नियमित समयमा नै सुताउनुहोस । यहाँ पनि तपाई गुडीया वा त्यस्तै खालको नरम खेल्ने कुरा दिन सक्नु हुन्छ ताकि नयाँ वातावरणमा पनि बच्चा सजिलैसँग सुत्न सकोस। 
केही बच्चाहरुलाई सुत्न अत्यन्त कठिन हुन सक्छ, त्यस्तै केही बच्चा भने रातभर सुत्न सक्छन । अभिभावकको रुपमा तपाईले माथि उल्लेखित उपायहरु अपनाउन सक्नु हुन्छ । धैर्य साथ आफ्नो बच्चालाई बुझ्ने प्रयास गर्नुहोस । बच्चाको समस्यामा तपाईले नकारात्मक प्रतिक्रिया जनाएमा स्थिति अझ जटिल हुन सक्छ । यदि तपाईको बच्चा रातको समयमा उठ्छ भने उसलाई शान्त बनाउनु होस, नियमित रुपमा बच्चाको कोठामा नगएपनि बच्चालाई साथै रहेको प्रत्याभूति गराउनुहोस। बच्चालाई यो सुत्ने समय हो भन्दै आफै निदाउन दिनुहोस ।

bottom of page