top of page

यो अवस्थामा बच्चालाई परिवारका अन्य सदस्यलाई झै पोषणको जरुरी पर्छ । बच्चालाई खुवाउने बेला र परिवारका अन्य सदस्यको खाने बेला एकै हुनुपर्छ । केही विशेष स्वादहरु सहित अन्य सदस्यहरुले खाने कुरा नै बच्चालाई दिनुपर्छ । नियमित भोजनमा पर्याप्त पानी, अन्न, फलफूल तथा तरकारी हुनुपर्छ । यो बेला बच्चाले खाने चिल्लो पदार्थ र कोलेस्ट्रोलमा कुनै सीमा तोक्नु पर्दैन । यदि यसो गरेमा बच्चाको स्वभाविक विकासमा अवरोध उत्पन्न हुन सक्छ । 

खाना खाने समयमा बच्चाको हातमा अटाउने गरी खानेकुराको टुक्रा राखिदिनुहोस ताकि बच्चा आफैले स्वतन्त्र ढंगले खान सकोस । यसो गरेमा पछि बच्चा एक्लैले हात वा चम्चाको प्रयोग गरी खान सक्दछ । यसका लागि बच्चालाई निरन्तर प्रेरित गर्नुपर्छ । 

अब तपाईको बच्चाले विस्तारै चपाएर खान थाल्दछ, उसलाई क्रमश कडा खालका खानेकुरा जस्तै, बिस्कुट, रोटी आदी दिन सकिन्छ । याद गर्नुहोस ५ बर्ष सम्म बच्चाले कपाकप खानु स्वभाविक तथा खतरनाक दुवै हो, त्यसैले बच्चालाई उमालेका सब्जी र नरम खालका फलफूल दिनु उपयुक्त हुन्छ । 

पेय पदार्थ 
यो उमेर सम्म बच्चालाई आइरनको कमी हुने भएकाले गाईको दूध नदिनु नै उत्तम हुन्छ । तर विस्तारै केही मात्रामा दिन सकिन्छ । तर बच्चालाई जुस र अन्य गुलिया पेय पदार्थहरु भने दिनु हुँदैन । 

स्न्याक्स – बढने समयमा बच्चालाई धेरै उर्जा चाहिन्छ । त्यसैले विहान बेलुकाको खानाको समय बाहेक पनि उसलाई भोक लाग्छ । स्न्याक्सको रुपमा गुलिया पदार्थहरु सेवन गर्नु हुँदैन भनेर बच्चालाई सिकाउने काम तपाई स्वयंको हो । यसको सट्टामा दही, फलफूल, सब्जी, रोटी, चीज आदि दिन सकिन्छ । बच्चाको वृद्धि विकासमा सहयोग पुग्ने पोषणले भरिएका चीजहरु मात्र स्न्याक्सको रुपमा दिनपर्छ । 

याद गर्नुहोस
शारीरिक रुपमा सक्रिय भएपनि यो उमेरमा खानेकुरामा बच्चाको रुची कम हुन सक्छ । यो सामान्य नै हो । सुरुवाती वर्षहरुमा बच्चाको वृद्धि विकासका लागि बढी उर्जा चाहिन्छ तर तुलनात्मक रुपमा यो समयमा कम उर्जा खपत हुन्छ । अभिभावकको रुपमा खाने बेलामा झगडा हुन नदिनु तपाइको कर्तव्य हो । खानाका सबै विकल्पलाई टेबलमा खुल्ला नै राख्नुहोस, ताकि तपाईको बच्चाले जति रुच्छ, त्यति खान्छ । तपाईले एकै समयमा बच्चालाई विहान तथा बेलुकाको खाना दिने गर्नु भएको छ भने, बीचको समयमा उनीहरु भोकाउँदैनन । बरु यसको सट्टामा उनीहरुले खानापछि थप केही खान सक्छन् । पर्याप्त मात्रामा विहान बेलुकाको खाना नखाएको अवस्थामा बीचको समयमा बच्चालाई गुलिया खानेकुरा दिनु भन्ने अर्थ राख्दैन । 
यदि तपाईको बच्चाले केही पनि खान नचाहेमा के गर्ने त । 
हरेश नखानुहोस
उसले नरुचाउने खानेकुरा केही महिना सम्म निरन्तर दिइरहनु होस अन्त्यमा उसले ती खानेकुरा खानेछ र मिठो पनि मान्नेछ । 

bottom of page