top of page

पहिलो जन्मदिनको समारोह समाप्त भएसँगै, तपाईको सानो बच्चा अब सानो रहेन । यो विश्वास गर्न पनि कठिन हुन्छ कि तपाईको बच्चालाई केही समय अघि सम्म उभिन पनि गाह«ो हुन्थ्यो । अझै धरै कुरा सिक्ने भने बाँकी नै छ..

शारिरिक गतिविधि–अब तपाईको बच्चा घस्रन सुरु गर्नेछ, आफै बस्न तथा उभिन समेत थाल्दछ । फर्निचर, भित्ता तथा अरुको साथ विना नै उभिन सक्छन साथै, विस्तारै आफैं पाइला समेत चाल्न थाल्दछन । 

यो चरणमा बच्चा आफ्ना अभिभावकलाई समातेर भावनात्मक रुपमा अगाडि पछाडि सर्न थाल्दछ । एकतर्फ उनीहरु स्वतन्त्र ढंगले उभिने तथा हिडने गरिरहेका हुन्छन् भने अर्को तर्फ तपाईबाट टाढा जाने मनपनि उनीहरुलाई हुँदैन । 

भाषा - तपाईको बच्चाको शब्द भण्डार विस्तारै वृद्धि हुँदै जान्छ । अब उनीहरुले २–३ शब्द बोल्न थाल्छन् भने प्रत्येक दिन नयाँ नयाँ शब्द पनि जान्न थाल्दछन् । तपाईले मात्र बुझ्न सक्ने गरी उनीहरुले धेरै आवाज तथा स्वरहरु निकाल्न थाल्दछन् । कुनै पनि शब्द सही सँग उच्चारण गर्न बच्चालाई समय पनि दिनुहोस्, साथै प्रोत्साहित गर्नुहोस । जति समय तपाईले बच्चासँगै बसेर पढनु हुन्छ, त्यति नै उनीहरुले नयाँ शब्द थाहा पाउँछन्, र ती शब्द प्रयोग गरी छोटा–छोटा वाक्य समेत बनाउन सक्छन। शरीरका विभिन्न अंगहरुको नाम सहित दैनिक प्रयोग गरिने वस्तुबारे बच्चालाई अवगत गराउनुहोस । अब बच्चासँग उसकै शब्दहरु प्रयोग गरेर भन्दा पनि वयस्क ढंगको संवाद गर्नुहोस, जसले गर्दा उसले सही ढंगले बोल्न सक्दछ । यसका अतिरिक्त अब बच्चाले मौखिक रुपको केही निर्देशन जस्तै लेउ, देऊ,ल्याउ आदि बारे थाहा पाउँछ र यसलाई व्यवहारमा समेत उतार्न थाल्दछ । धेरै विकास भएपनि सबै कुराहरु उनीहरुले ढुक्कसँग व्यक्त गर्न सक्दैनन । जस्तै, पानी खान चाहेमा उनीहरुले बोतलतर्फ इशारा गर्न सक्छन तपाईको हात समातेर बोक्ने संकेत गर्छन ।  

बौद्धिक विकास - यो समय भनेको बच्चालाई विभिन्न तहका खेलकूदमा संलग्न गराउनु हो । जे ले चुनौती दिन्छ, त्यही खेल उनीहरुले छान्न सक्छन् । याद गर्नुहोस्, कुनै कुराको नक्कल मार्फत नै बच्चाले ठूलो ज्ञान पाउन सक्छ । पहिलो वर्षमा तपाईले जे गरेपनि बच्चाले त्यो हेरिमात्र रहन्छन्, अब त्यसको विपरित बच्चाले तपाईले कपाल कोरेको, फोनमा कुरा गरेको आदिको नक्कल गर्न थाल्दछ । 

खेल्ने समय - यो उमेरमा सामाजिक खेलहरु मार्फत बच्चाले धेरै कलाहरु सिक्न सक्छ । घर वरपरका तथा शरीरका  विभिन्न भागहरुको नाम जान्दै, पुस्तक पढेर तथा नयाँ नयाँ चुनौतीपूर्ण खेलमा सहभागी हुँदा उसको शब्द भण्डार वृद्धि हुन्छ । परिवारका सबै सदस्यहरु सहभागी हुने गरी खेल तालिका तयार गर्नुहोस । याद गर्नुहोस यो समयमा बच्चाले तपाईसँग आँखा जुधाएको हुनुपर्छ, उनीहरुलाई चुनौती पनि दिनुहोस ताकि उनीहरुले पट्यार महसुस नगरुन र उनीहरुको वृद्धि विकास पनि होस । 

तपाईको बच्चा आफ्नै खालको विशेष हुन्छ । उनीहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचाामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर १८ महिनाको भइसक्दा पनि तपाईको बच्चाले निम्न लिखित कुरा गर्न नसकेमा चिकित्सकलाई सम्पर्क गर्नुहोस् । 

वरपरका वस्तु प्रयो गरी हिड्न नसकेमा
दुई–तीन शब्द बोल्न नसकेमा
कम्तीमा शरीरको एक अंगबारे पनि थाहा नपाएमा 
थाहा भएको वस्तुहरुमा इशारा नगरेमा 
आफूले चाहेको वस्तु शब्द प्रयोग गरी वा इशारा मार्फत् देखाउन नसकेमा 
खेलको समयमा आँखा जुधाउन नसकेकमा । 

bottom of page