सबै उमेरका बच्चाका लागि शारीरिक क्रियाकलाप उत्तिकै महत्वपूर्ण हुन्छ । यो उमेरमा बच्चाहरुलाई हिडिरहेको बेला रोक्न कठिन हुन्छ । उनीहरु घस्रन्छन्, हिड्छन्, उफ्रन सिक्छन्, बललाई लात्तीले हान्छन् । २ देखि ३ वर्षको बीचमा उनीहरुको क्षमता नयाँ उचाइमा पुगेको हुन्छ । उनीहरु भ¥याङमा तलमाथि गर्न सक्छन्, साथै तीन पाङग्रे साइलक चढ्न सिक्छन् । एक वस्तुबाट अर्कोमा उनीहरु दौडन्छन् र उनीहरुलाई रोक्न तपाईलाई कठिन समेत हुन सक्छ । एकै ठाउँमा केही नगरी बस्नु राम्रो होइन, त्यसैले बच्चालाई कुद्न दिनुहोस् ।
टिभीको सन्दर्भमा - तीन वर्षको नभए सम्म बच्चालाई टिभी हेर्न नदिनुहोस् । दुई वर्षपछि पनि टिभीको समयमा कटौती गर्नु वेश हुन्छ । यसको सट्टामा बच्चालाई आफ्ना नातेदार वा उही उमेर समूहका बच्चासँगै घर भित्र र बाहिर खेल्न उत्प्रेरित गर्नुहोस् ।
हिडाईको सन्दर्भमा - बच्चालाई स्वचालित स्ट्रोलरमा नराख्नुहोस् । सके सम्म बच्चालाई आफैसँग हिडाउनुहोस् । स्याहार केन्द्रमा हाल्नु भएको छ भने पनि विशेष सुरक्षा सहित शारीरिक गतिविधिमा जोड दिनुहोस् । सकेसम्म टिभीलाई कम समय दिँदा नै वेश हुन्छ ।