top of page

५ वर्षको उमेरमा अधिकांश बच्चाहरु स्याहार केन्द्र अथवा विद्यालयको माथिल्लो कक्षामा पुगिसकेका हुन्छन् । यो अवस्थामा उनिहरु स्याहार केन्द्र अथवा विद्यालय, साथिभाईहरु र खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा मात्र केन्द्रित देखिन्छन । त्यसलै यो उमेरमा तपाईको बच्चालाई निश्चित मापदण्ड सहित सुताउनुपर्छ । यो उमेरका बच्चाहरु रातको समयमा १०–१२ घण्टा सम्म सुत्छन् । नियमित रुपमा राम्रो निद्रा भएमा उनीहरुले राहत महसुस गर्छन, साथै दिनको समयमा राम्र्रोसँग काम गर्न सक्छन् ।

यो समयमा हामी बच्चा सुत्ने कोठबाट सबै विद्युतीय सामाग्री हटाउँदा वेश हुने सल्लाह दिन्छौं । यी उपकरणका कारण बच्चाको निद्रामा बाधा उत्पन्न हुन सक्छ । अनुसन्धानहरुले के प्रमाणित गरेका छन् भने विद्युतीय उपकरणका कारण बच्चाको निद्रामा नकारात्मक प्रभाव पारेको हुन्छ जसले गर्दा बच्चा मोटोपनको शिकार हुने खतरा प्रबल हुन्छ ।

bottom of page