top of page

यो उमेरमा बच्चालाई आफ्नो शरीरसँगै आफ्नो वरपरको विश्वको अवधारणाबारे ज्ञात हुन्छ । 
उनीहरुले पहिला नै टिभी हेर्न थालेका हुन्छन् र फरक तरिकाले संसारको सुन्दरतालाई वुझ्न थाल्दछन । 
तपाईको बच्चाको शरीर त्यस्तो प्रकारको हुन सक्छ जसले उसलाई औसत तौल भन्दा माथिको देखाउन सक्छ
स्वस्थ्य भई मांशपेशी बलियो बनाउनका लागि उनीहरुलाई शारीरिक रुपमा सक्रिय बनाउन तपाईले नै अभिप्रेरित गर्नुपर्छ । अभिभावक भएको नाताले बच्चाको शरीरको प्रकारलाई तपाईले स्विकार गर्नैपर्छ र उनीहरुलाई आफ्नो छालामा सहज हुन मद्यत दिनुपर्छ । यदी अभिभावकले शरीरको वनोटको विषयमा सहि तरिकाले व्याख्या नगरेमा बच्चाको खानपिनमा अस्वस्थ्यता आउने सम्भावना हुन्छ । 

आजको अवस्थामा ७०–८० प्रतिशत महिला वास्तविकता भए पनि वा नभएपनि आफूहरुले बढी तौल प्राप्त गरेको ठान्छन् । अनुसन्धानहरुले पनि मोटोपनको महामारी र अस्वस्थ्य शरीरलाई जोडेर हेर्ने गरेका छन् । टिभीमा देखिने मोडल जस्तै हुन नपाएको भन्दै कयौं बालबालिकाहरु तनावको शिकार समेत हुन सक्छन् । त्यसलै बच्चाहरुलाई वास्तविक सौन्दर्य कहाँ हुन्छ त्यो बताउने प्रयास गर्नुहोस् । बच्चाको लागि तपाई एक आदर्श व्यक्ति हुने प्रयास गर्नुहोस् जसले गर्दा तपाई को हो भन्ने कुरा बच्चाले बुझ्न सक्छ । यस्तै यस्तै तरिकाले तपाई स्वस्थ्य, सुखी तथा सन्तुलित बच्चाहरु हुर्काउन सक्नु हुन्छ । 

उसो भए यो उमेरमा बच्चाले के खाने त ?
यो उमेरमा काब्रोहाइड्रेट, प्रोटिन, फ्याट सबै भएका विविध खाले खानेकुरा बच्चाहरुलाई दिनुपर्छ । पोषणको कुरा गर्दा यहाँ केही कुरा सम्झनै पर्ने हुन्छ । 

फाइबर युक्त पोषण- खानेकुरा फाइबर युक्त भएमा बच्चासँग सँगै वयस्कहरु पनि कब्जियतबाट टाढा रहन सक्छन् । बाल्यकालमै खानाको स्वादबारे निर्णय लिने परिपाटी भएका कारण बच्चाहरुलाई सागसब्जी तथा फलफूल जस्ता पोषणले भरिएका खानाबट अभ्यस्त पार्नुपर्छ । वयस्क अवस्थमा सागसब्जी तथा फलफूलले विभिन्न रोगबाट जोगाउन सक्ने कुरा प्रमाणित भइसकेको छ । 

प्रोटिन - बच्चाका लागि प्रोटन अति महत्वपूर्ण हुन्छ जुन माछा, मासु, गेडागुडी, बदाम र चीजमा अत्याधिक मात्रामा पाइन्छ । याद गर्नुहोस् रातो मासुमा प्रोटिनको मात्रा मात्र धेरै हुँदैन, कोलेस्ट्रोल र फ्याट पनि धेरै हुन्छ । त्यसले हामीले फ्याट कम भएका मासु मात्र सेवन गर्नुपर्छ । 

चिल्लो पदार्थ ( फ्याट) - यो कुनै पनि खानेकुराको अभिन्न अंश हो । फ्याट बिना हामी बाँच्न पनि सक्दैनौं । तर अत्याधिका फ्याटको प्रयोगले भविष्यमा मुटु सम्बन्धी रोग लाग्न सक्छ । बच्चाको दैनिक खानामा ३० प्रतिशत भन्दा कम फ्याट हुनुपर्छ । उक्त मात्रामा ट्रान्स फ्याटको मात्रा एक तिहाई हुनु जरुरी छ । 

चिनी - सकेसम्म कम चिनीको प्रयोग गर्नुपर्छ । चिनीमा उच्च क्यालोरी हुन्छ तर पोषणविद्हरुले यसलाई क्यालोरी मुक्त पनि भन्छन् किनकि त्यसमा अतिरिक्त पोषण केही हुँदैन । अन्य उपयुक्त खाना नुहँदा बच्चाले प्राय चिनी रोज्छन् । गुलिया पेय पदार्थ पनि बच्चाका लागि लाभदायक मानिँदैन । 

नून - नूनले खानामा एक प्रकारको स्वाद त दिन्छ तर यो राम्रो होइन किनकी अत्याधिक नूनको प्रयोगका कारण उच्च रक्तचापको खतरा हुन्छ । उच्च रक्तचापका कारण मुटुको रोग तथा मस्तिष्कघात समेत हुन सक्छ । नुनिलो स्वादलाई हामीले किन खानाको अभिन्न भाग बनाएका छौं त, यो बुझ्नु जरुरी छ । सके सम्म बच्चालाई कम नून प्रयोग भएका खानेकुरा दिनुपर्छ । खाना खाने टेबुलमा पनि नूनको प्रयोग कम गर्नुपर्छ । प्रशोधित खानामा नूनको मात्रा धेरै हुन्छ । त्यसैले बच्चालाई  त्यस्ता खानेकुरा दिनु अघि सोच्नु पर्छ । 

 

बच्चाले खाने खानेकुराको तथ्यांक राख्नुहोस् । धेरै अभिभावकले बच्चालाई आफैले खाए सरहको खाना दिन्छन्, यसले गर्दा बच्चालाई सबै खाने कि केही छोड्ने भन्ने लाग्छ । सक्रिय बच्चाहरुलाई आफ्नो शरीरका लागि कति खानेकुरा चाहिन्छ भन्ने थाहा भएपनि त्यसलाई गणना भने गर्न सकिँदैन । तपाई बच्चाको तौल लिन सक्नु हुन्छ तर बच्चाले कति क्यालोरीको खाना लिइरहेछ भन्ने गणना गर्नु जरुरी हुँदैन किनकि तपाईको बच्चाले स्वत यी सबै कुरा अनुमगन गरिरहेको हुन्छ । तपाईको बच्चा सहभागी हुने क्रियाकलापका आधारमा उसको खानाको दैनिकी दिनहुँ परिवर्तन हुन सक्छ । 

bottom of page