top of page

यदि तपाईले स्तनपान गराउने निर्णय गरिसक्नु भएको छ भने ६ महिना सम्म बच्चालाई अरु केही आवश्यक पर्दैन । त्यसपछि भने सम्भव भएमा तपाईले बच्चा एक वर्ष नभए सम्म अन्य केही सामाग्रीको प्रयोग सहित स्तनपान गराउन सक्नु हुन्छ । यदि तपाई स्तनपान गराइरहनु भएको छ भने तपाई स्वयंले विविध पोषणयुक्त खानेकुरा खानुपर्छ । कुनै पनि औषधि सेवन गर्नु परेमा त्यसले बच्चालाई असर गर्छ कि गर्दैन भनेर चिकित्सकसँग सल्लाह लिनुपर्छ । 

यदी कृत्रिम आहर खुवाउदै हुनुहुन्छ भने सकेसम्म एकैथरीको खानेकुरा खुवाउनु पर्दछ ।

तपाईले जे छाने पनि, बच्चालाई अन्य कुनै खानेकुरा र पानी, जुस जस्ता पेय पदार्थ भने नदिनुहोस् । सुत्नु अगाडि बच्चालाई लिटो आवश्यक पर्दैन । अधिकांश बच्चालाई यो आवश्यक नै पर्दैन । यसले अनावश्यक रुपमा बच्चाको तौल बढाउनुका साथै कब्जियत समेत निम्त्याउँछ । बच्चालाई आवश्यकता भन्दा धेरै नखुवाउनुहोस् । आवश्यकता भन्दा बढी खाएमा बच्चाले छाद्ने सम्भावना हुन्छ र बच्चाको तौल अनावश्यक रुपमा बढ्नुका साथै वयस्कमा मोटोपनको शिकार हुने डर हुन्छ । याद गर्नुहोस्, बच्चा रुनु भनेको सधै भोकको लक्षण मात्र नहुन सक्छ । त्यसलै बच्चा रुँदैमा बोतल नदिनुहोस् । थकान तथा आलस्य भएर पनि बच्चा रोएको हुन सक्छ । 

bottom of page