top of page
यो समयसम्म आइपुग्दा बच्चाको रातिको निद्रामा सुधार आउँछ, तर थप सुधारको सम्भावना पनि कायमै रहन्छ । तपाईले सुधार महसुस गर्नु भएको छैन भने हल्का नुहाइ दिएर वा दाँत माँझिदिएर निद्रा तालिका बनाउन कुनै बिलम्ब भएको मानिँदैन । कुनै पनि बोतलको प्रयोग विना स्वतन्त्र ढंगले बच्चालाई खाटमा निदाउन सक्ने वातावरण तयार गरिदिनु वा त्यसका लागि प्रयत्न गर्नु महत्वपूर्ण हुन्छ । यस्तो कामलाई तपाईले जति बढी निरन्तरता दिन सक्नु भयो, त्यति नै तपाई रातभर सुत्न सक्नु हुनेछ ।
bottom of page