top of page

तीन देखि ६ महिनाको अवधिमा तपाईको बच्चाले आफ्नो इन्द्रियसंग समन्वय गर्ने क्षमता शुरु हुन्छ । यो समयमा उसको आफ्नो शरीर र वातावरणसंग सम्वन्धित शारिरिक गतिविधिको पनि दिनानुदिन विकास भैरहेको हुन्छ । 

चाल - पहिलो, बच्चाको हात सबैको आकर्षणको केन्द्र हुन्छ, यही समयमा खेल अझ रोमाञ्चक हुन्छ । बच्चाले विस्तारै औंला चलाएको दृश्य अवलोकन गर्नुहोस्, मुख नजिकै लगेर बच्चाको हातहरुसँग खेल्नुहोस् । करीब ५ महिनाको भएपछि बच्चाको खुट्टाहरु पनि सक्रिय हुन थाल्छन् । केही महिनापछि बच्चाले आफ्नो हत्केलामा कसरी सामानहरु समात्न सिक्छ भन्ने कुरा तपाईले थाहा पाउनु हुनेछ । क्रमशः बच्चाले तपाईले दिएका चीजहरु समात्न थाल्दछ । करीब ६ महिनाको भएपछि त बच्चाले तपाईको सहयोग विना नै आफू भन्दा टाढा रहेको वस्तु समात्ने प्रयास गर्दछ र समातेका कतिपय वस्तुलाई अझ नजिक ल्याउँछ । अघिल्ला महिनाहरुमा झै बच्चा खेलिरहँदा निगरानी सहित उसलाई साथ दिनुहोस् । यस अवस्थामा बच्चाले हत्केला तथा कुहिनो प्रयोग गरी टाउको तथा छाती उठाएको दृश्य हेर्नुहोस् । ६ महिना भएपछि बच्चा आफै भुईमा कुद्न पनि थाल्छ तर यसो गर्न नसकेको खण्डमा तपाई आत्तिनु पर्ने अवस्था भने रहँदैन । 

दृष्टि - यो चरणमा तपाईको बच्चाले साना वस्तुहरुमा ध्यान केन्द्रित गर्न थालिसकेको हुन्छ । साथै रङहरु (मुख्यतया हरियो र रातो) छुट्टाउने क्षमता पनि ऊ सँग हुन्छ । टाढा–टाढाको वस्तुहरु पहिचान गर्ने उसको क्षमतामा पनि सुधार आइरहेको हुन्छ । चलायमान वस्तुहरु सहित तेस्रो सतहका चाललाई पछ्याउन पनि ऊ सफल हुन्छ । 

सुन्ने शक्ति - धेरै कुरा बुझ्न नसकेपनि, तपाईको बच्चाले धेरै कुरा सुन्ने क्षमता राख्दछ । केही महिना पश्चात् नै देख्न नसकेपनि वरपरका आवाजहरुमा उसले प्रतिक्रिया जनाउन चाल्दछ । आवाज आइरहेको दिशातर्फ बच्चाले आफ्नो टाउको फर्काउन थाल्दछ ।  तर तपाई नआत्तिनुहोस्, यी सबै प्रगति यही समयमा हुनै पर्छ भन्न केही छैन । 

भाषा - यो सत्य हो कि, बच्चाले सबै कुरा बुझ्न सक्दैन । तपाईको विचारमा प्रतिक्रिया जनाउन केही समय समेत लाग्न सक्छ । यस अवधिमा तपाई बच्चा हुर्किएको र विस्तारै विकसित भइरहेको देख्न सक्नु हुनेछ । अब विस्तारै बच्चाले आफ्नै आवाजमा पनि प्रतिक्रिया जनाउन थाल्दछ । हुन्न भन्ने कुराको बोध हुन थाल्दछ । कुनै पनि कुरामा असन्तुष्टि व्यक्त गर्न आफ्नै लवज व्यक्त गर्दछ । नरम तथा कडा रुपमा प्रस्तुत हुँदा तपाईको आवाजमा आउने भिन्नतालाई समेत उसले पहिचान गर्न थाल्दछ । 

हाँसेर वार अरु त्यस्तै नक्कल गरेर सामाजिक परिवेशमा, उसले कसरी खेलकूदको आनन्द लिन्छ, वरपरको वातावरणप्रति कस्तो प्रतिउत्तर जनाउँछ तपाईले विस्तारै थाहा पाउँदै जानु हुनेछ ।  नरम रुपमा प्रस्तुत हुँदा बच्चा शान्त भई रुन बन्द गर्दछ । विस्तारै ऐनामा उत्कसुकतापूर्वक उसले आफैलाई हेर्न थाल्दछ । 

वौद्धिक क्षेत्रमा जन्मने बित्तिकै वरपरको वातावरण र सूचनामा घुलमील हुन थालेसँगै बच्चाले धरै कुराहरु सिक्न थाल्दछ । हुर्कनेक्रमसँगै खोजतलास गर्ने उसको भित्री शक्ति बढ्दै जान्छ । लुकाएर राखिएका बस्तुहरु (टेबलमुनिका खेलौना) उसले भेट्याउन थाल्दछ । हात र मुख प्रयोग गरी उसले सबै कुराहरुको परिक्षण गर्न थाल्दछ । साथै कुनै पनि कुराको कारण र असरबारे पनि ऊ जानकार हुँदै जान्छ । उदाहरणका लागि उसले प्रयोग गर्ने आवाज सहितका खेलौनाहरुबाट थकित अवस्थामा रहेका अभिभावकहरु दिक्क हुन सक्छन् । साथै उसले फ्याँकेका वस्तुहरु तपाईले टिपिदिनुहुन्छ । यसबाट उसले आफ्ना क्रियाकलापको परिणाम तथा त्यसले वातावरणका पारेको असरबारे सिक्छ । 

बच्चा दिनहुँ हुर्किरहेको र बढिरहेको हेरिराख्नुहोस् । हामीले पहिले नै भनिसकेका छौं, प्रत्येक बच्चा आफ्नै गतिमा विकसित भइरहेको हुन्छ, त्यसलै यस पुस्तकमा उल्लेख बमोजिम नभएमा तपाई आत्तिनु पर्दैन । तर ६ महिना पुगिसक्दा पनि तपाईको बच्चामा तल उल्लेखित प्रगति भएको छैन भने तपाईले बालरोग विशेषज्ञलाई भेट्नुपर्छ । 

औलाहरु वारपार गरी आफनै हातले खेल्न नसकेमा

हत्केलामा राखिएका वस्तुहरु समात्न नसकेमा 

वस्तु भएतर्फ हात लान र पक्रन नसकेमा 

तल माथि गरिरहेका बस्तुलाई पछ्याउन नसकेकमा 

कसैको आवाजमा प्रतिक्रिया जनाउन नसकेमा वा आफैले आवाज निकाल्न नसकेमा 

bottom of page