top of page

यो उमेरमा बच्चाले आफूलाई मन पर्ने कुरा रोज्न थाल्छ । साथै अरुबाट अलग्गै बस्न रुचाउँछ । कुनै दिन बच्चाले रुचाएको खाना भोलिपल्टै उसलाई मन नपर्न सक्छ । बच्चाले खान छोडेको खानेकुरा फेरी अर्को दिन मनपराउन सक्छन ।

यो उमेरमा बच्चाले उही किसिमको २–३ थरी खाना केही समय सम्मका लागि खानु सामान्य हो । अब तपाईको बच्चालाई स्वस्थ्यकर खाना दिनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । याद गर्नुहोस्, आजको रोजाइ भोलिको आवश्यकता बन्न सक्छ । अन्त्यमा, यो व्यहार बिस्तारै हटछ र बच्चालाई आफैले खान सक्ने विभिन्न स्वस्थ्यकर खानेकुरा दिनुहोस् । 

याद गर्नुहोस्, 
चार वर्ष अघि सम्म बच्चाले खाएको कुरा सर्कने सम्भावना अत्याधिक हुन्छ । त्यसैले बच्चालाई निल्न कठिन हुने गाजर, ससेसको टुक्रा, अंगुरको ठूला दाना, ठूला आकारका चकलेट, बदाम लगायतका कुनै पनि खानेकुरा नदिनुहोस् । बच्चा ठूलो भएपछि पनि खाना खाने समयमा बच्चाको नजिकै बस्नु उपयुक्त हुन्छ । परिवारका अन्य सदस्यहरुले खाने बेलामा नै बच्चालाई खान दिनुहोस् ।

bottom of page