top of page

अब दैनिक रुपमा तपाई बच्चालाई परिवारका सबै सदस्यहरु सहित खुवाउने दैनिकीको सुरुवात गर्न सक्नुहुन्छ । दिउँसोको समयमा बच्चाले स्वस्थ्यकर स्न्याक्स् प्रयोग गर्न सक्छ । विहान बेलुकाको खानाको बीचमा मात्र नियमित रुपमा स्न्याक्स् दिनु हितकर हुन्छ । दैनिक यस्तो अभ्यास गरेमा बच्चामा भोक तथा त्यसलाई पूर्ण गर्ने सोचबीच सन्तुलन कायम हुन्छ । बच्चालाई जर्बजस्ती नखुवाउनु होस्, जब भोक लाग्छ तब मात्र खान दिनुहोस् । 
अनुसन्धानहरुले के प्रमाणित गरेका छन् भने लगभग ९ महिनाको भएपछि अस्वस्थ्कर तथा बजारिया खानाको उपलब्धताले गर्दा तरकारी तथा फलफूल सेवन गर्ने बच्चाहरुको क्षमतामा ठूलो गिरावट आउँछ । तर यो नराम्रो हो किनकी यो उमेरमा बच्चाहरुलाई दिनको २–३ पटक सम्म स्न्याक्स् आवश्यक हुन्छ, बच्चालाई स्वस्थ्यर तरकारी तथा फलफूल उपलब्ध गराउने उपयुक्त समय यही नै हो । तर यहाँ के कुरा याद गर्नुहोस् भने खानाको बीचमा स्न्याक्स् दिनु भनेको चकलेट दिनु विलकुल होइन । पेय पदार्थको कुरा गर्दा पानी जस्तो उपयुक्त अरु केही हुँदैन । जुस पनि नदिनुहोस् । बजारिया खानाका स्वाद कारण स्वाद महसुस गर्ने बच्चाको क्षमतामा कमी मात्र आउँदैन, स्वस्थ्यर तथा गुणस्तरीय खानाबाट बच्चा बञ्चित हुन्छ । 
यदि दिउँसोको समयमा बच्चालाई हेरचाह गर्ने अरु कोही छ भने, तपाईको झै उसको स्वस्थ्यकर जीवनशैली छ कि छैन, याद गर्नुहोस् । बालबालिका स्याहार केन्द्रमा समेत तपाई यो विषयमा अन्य अभिभावकसँग कुरा गरी सबैको जनचेतना जगाउन सक्नुहुन्छ ।  
याद गर्नुहोस्, बच्चा निसासिने खतरा अझै अन्त्य भएको छैन । खाना खुवाउँदा साना साना गास मात्र दिनुहोस् । कडा खालका फलफूल, अंगुर, हट–डग आदि नदिनुहोस् । नभुल्नुहोला, दिनप्रतिदिन तपाईको बच्चा ठूलो तथा थप स्वतन्त्रता उपभोग गर्ने खालको हुन्छ, त्यसैले सानातिना बस्तुहरुलाई समेत बच्चाको पहुँचबाट टाढै राख्नुहोस् ।
 


 

bottom of page