एक महिना सम्म बच्चा दिनमा १६ देखि १७ घण्टा सम्म सुत्न सक्छ । बच्चा बढ्दै जाँदा उसलाई कम समयको निद्रा भए पुग्दछ ।
स्वस्थ्य तरिकाले सुत्ने वातावरण सिर्जना गरी सिड्सको जोखिमलाई कम गर्न तल उल्लेखित बुँदाहरुमा ध्यान दिनुपर्छ ।
कडा खालका डस्ना प्रयोग गरी बच्चा सुत्नका लागि सबै मापदण्ड पुगेको खाट प्रयोग गर्नुहोस्।
बच्चालाई तपाईसँग नसुताउनुहोस्, तर बच्चाको खाटलाई तपाई सुत्ने कोठामा नै राख्नुहोस् ।
कुनै पनि दिशामा नढल्कने गरी तथा घोप्टो नपारी ढाड पछाडि पर्ने गरी बच्चालाई सुताउनुहोस् ।
बच्चा सुत्ने कोठामा हावाको बहाब राम्रो हु्नुपर्छ । कोठाको तापक्रम २२–२४ डिग्री सेल्सियस सम्म राख्नुहोस् बच्चालाई आरामदायी पाइजामा लगाइदिनुहोस् ।
तकिया तथा खेलजन्य सामाग्रीहरुलाई बच्चाको पहुँचबाट टाढा राख्नुहोस् ।
सुत्ने समयमा बच्चाको मुखमा केही चुस्ने सामान राखिदिनुहोस् ।