top of page

तपाईको बच्चाको जन्मको लागि बधाई । अनि अभिभावकको नयाँ जिम्मेवारी पाउनु भएकोमा स्वागत । तपाईको बच्चा जन्मिएपछि उसले केवल खाएको, सुतेको, कराएको तथा डाइपर भरेको मात्र देख्न सकिन्छ । तर तपाईले कुनै चिन्ता लिनु पर्दैन, एक महिना भित्रमा नै यहाँले साना परिवर्तनको महसुस गर्न सक्नु हुनेछ । समय बित्दै जाँदा यहाँले आफनो बच्चालाई अझ बढी सर्तक भएको पाउनु हुनेछ । साथै तपाईले कुरा गर्दा बच्चाले सुन्न थाल्दछ र तपाईले उत्साहका साथ हेर्न थाल्दछ । उसको संयोजनकारी भूमिकामा केही सुधार आउने छ भने उसले आफनो हात मुख तथा आँखाको नजिक ल्याउँछ र कमोल हातहरुले मुठ्ठी कस्ने प्रयास गर्दछ । त्यसैगरी पेटमा राखेको समयमा बच्चाले आफनो टाउको एउटा दिशाबाट अर्को दिशामा हल्लाउन थाल्दछ । बच्चालाई उठेको बेला यहाँकै निगरानीमा केही समयका लागि भएपनि घोप्टो पारेर राख्नु महत्वपूर्ण हुन्छ । यसले भविष्यमा तपाईको बच्चाको यान्त्रिक विकासमा सहयोग गर्दछ । बच्चा दिनानुदिन बढ्दै गएपनि आफै टाउको उठाउन उसलाई कठीन हुने भएकाले तपाईको नजरमा ऊ सधै बालक नै हुन्छ, र उसलाई तपाईको सहयोगको जरुरी पनि पर्दछ । 
सुनाई – करीब एक महिनापछि तपाईको बच्चाको श्रवण शक्ति पूर्ण रुपमा विकसित हुन्छ र उसले सुनिरहेका आवाजहरुलाई पहिचान गर्न थाल्दछ । विशेषगरी बच्चाले प्राय सुनिरहने आफ्ना अभिभावकको आवाजप्रति प्रतिक्रिया समेत जनाउन थाल्दछ । 
हेराई – तपाईको बच्चाले २० देखि ३० सेण्टिमिटर टाढा सम्मको बस्तुलाई पहिचान गर्न सक्दछ । कालो र सेतो तथा अन्य चमकदार रङमा उसको रुचि हुन्छ । बच्चाको रुची अन्य वस्तुहरुमा भन्दा पनि तपाईको मुहार हेर्नमा बढी केन्द्रित हुन्छ । 
बासना–प्राकृतिक रुपमा नै तपाईको बच्चाले अमिलो भन्दा गुलियोलाई बढी रुचाउँछ । स्तनपानको निर्णय गर्नु भएको छ भने उसले आमाको दूधको बासना पनि चाल पाउँछ । 
तपाईको बच्चा बढ्दै गइरहेको अवस्थमा समेत उसलाई नजिकैबाट ध्यान दिन तथा सर्तक अवस्थामा रहन कुनै बिलम्ब गर्नु हुँदैन । तल उल्लेख भएका मध्ये कुनै लक्षण देखिने बित्तिकै बालरोग विशेषज्ञलाई सम्पर्क राख्नु पर्दछ ।
बच्चा स्तनपान गर्न तथा बोतलबाट दूध पिउन असमर्थ भएमा वा अत्यन्त विस्तारै दूध पिएमा 
चम्किलो प्रकाशमा कुनै प्रतिउत्तर दिन नसकेमा 
छ हप्ताको भइसक्दा समेत नजिकैका सामानमा ध्यान दिन नसकेमा
सामानहरुलाई एक दिशाबाट अर्को दिशामा सार्दा समेत प्रतिक्रिया विहिन भएमा 
चर्का आवाजहरुलाई समेत वास्ता नगरेमा 
यहाँ तपाईल के कुरा बुझ्नु जरुरी छ भने प्रत्येक बच्चामा आफ्नै विशेष गुण हुन्छ र आफ्नै तरिकाले बच्चाको विकास भएको हुन्छ । उल्लेखित संकेतहरुलाई ध्यान दिनुहोस् तर बच्चाको वृद्धिविकास सँगै नयाँ शब्दहरु जान्न तथा सिक्न रमाइलो मान्नुहोस् । 

bottom of page