top of page

समय निकै अघि बढिसकेको छ र तपाईको बच्चा अब १८ महिनाको भएको छ । 
अब प्रत्येक खेल र गतिविधि तपाईको बच्चाका लागि सिक्ने मौका हुन्छन् । यदि खेलिरहेको बखत तपाईले बच्चालाई हेर्नु भयो भने ऊ आफ्नो गतिविधिमा निकै केन्द्रिकित भएको पाउनु सक्नु हुन्छ । खेलको बखत कुनै समस्याको समाधान गर्न अब बच्चाले विगतमा थाहा भएका वस्तुहरु प्रयोग गर्न सक्छन् । आफ्नो उमेर समुहका लागि उपयुक्त खेलमा मात्र उनीहरुको रुची हुन्छ । त्यो बाहेकका खेल भने उनीहरुलाई पट्यार लाग्दो हुन्छ । यो उमेरमा बच्चाहरुको रुची उफ्रने, स्विच दबाउने जस्ता खेलमा हुन्छ । 
बच्चाले किन गर्न सक्छ र किन गर्न सक्दैन भन्ने कुरा तपाई नबुझ्न पनि सक्नुहुन्छ, तर उनीहरुले गर्छन् । यदि तपाईले विविध क्रियाकलाप मध्ये छान्न दिनुहुन्छ भने बच्चाले चुनौतिपूर्ण खेल रोज्छन् तर उनीहरुको पहुँच बाहिर रहेका खेलमा कुनै रुची हुँदैन । 
चाल - १८ महिनाको भएपछि तपाईको बच्चा आफैं हिड्न सक्ने हुन्छ । कोठाको अर्को कुनामा कुनै गन्तव्य छ भने कसैको सहयोग विना नै बच्चा त्यहाँ पुग्न सक्छ । रेलिङ वा कसैको हातको सहयोगमा उनीहरु भ¥याङमा ओहोर दोहोर पनि गर्न सक्छन् । यसका अतिरिक्त १८ महिनाको भएपछि बच्चाले तपाईलाई चुम्बन समेत गर्न सक्छ । ओठलाई सँगै जोडेर चुम्बनका लागि आतुर हुनु भनेको मुहार मांशपेशीलाई नियन्त्रणको संकेत पनि हो ।  

हात तथा औंलाको चाल - १८ महिनाको भएपछि बच्चाले ३–४ वटा पुस्तक ठड्याएर टाउर बनाउन सक्छ । दुई वर्षको हुँदै गर्दा अझ ठूलो आकारको टावर बनाउन सक्छ । यसरी पुस्तक ठड्याउँदा उनीहरुले दुवै हात प्रयोग गर्नुपर्छ । हात तथा चम्चाको प्रयोग मार्फत् उनीहरु आफै खान सक्षम हुन्छन् । साथै उनीहरुले कपबाट एक्लै खान पनि सक्नुपर्छ, यसो गर्दा केही पोखिन सक्छ जसमा तपाईले होशियारी अपनाउनु पर्छ । 

भाषा– अब तपाईको बच्चालाई १० भन्दा बढी शब्दहरु थाहा हुन्छ । दुई वर्षको हुँदै गर्दा उनीहरुलाई करीब ५० शब्द थाहा भइसकेको हुन्छ भने दुई शब्दको प्रयोग गरी छोटा वाक्यहरु समेत बनाउन सक्छन् । 

सामाजिक - यो उमेरमा नक्कल मार्फत् उनीहरुले धेरै कुरा सिक्न सक्छन् । घर वरपरका वस्तुहरुलाई त्यतिकै उठाउनुको सट्टा उनीहरुले अब त्यसको उद्देश्य थाहा पाउँछन् । काइयो प्रयोग गरी आफै कपाल कोर्न सक्छन्, टेलिफोनमा झुम्मिन्छन्, खेलौनाका चक्काहरुलाई अघि पछि लैजान सक्छन् । सुरुमा उनीहरु एक्लै खेल्छन् भने समय बित्दै जाँदा आफ्नो खेलमा अरुलाई पनि आमन्त्रण गर्छन् । गुडीयासँग खेल्न सक्छन्, कथा सुनाउन सक्छन् र खेलौना फोन तपाईको कान सम्म पु¥याई दिन्छन् । अरुको नक्कल गर्नु उनीहरुको वृद्धि विकासको महत्वपूर्ण अंश भएकाले तपाईहरु यो समयमा आफ्नो व्यवहारप्रति सचेत हुनु आवश्यक छ ।  यो समयमा तपाईको व्यवहार र तपाईले भनेका कुराको सिको बच्चाले गर्न सक्छ । त्यसैले यो अवस्थामा घरका अग्रजहरुको भूमिका महत्वपूर्ण हुन्छ । बच्चाहरुले आफ्ना अग्रजहरुको सिको गर्छन्, त्यसैले तपाईले यसबाट फाइदा लिनुपर्छ । 
अब क्रमश :  लुख्ने खालका खेलमा तपाईको बच्चा उत्कृष्ट हुनेछ । बच्चाको साथमा रहेको बल तथा खानेकुरा तपाईले आफ्नो खल्तीमा हालेको सायद तपाईले केही समयपछि भुल्नुहोला तथा बच्चाले लामो समय सम्म याद गरिरहेको हुन्छ । त्यसैगरी उनीहरुले दिउँसोभर घरमा नभएपनि लुकाइएका र नदेखेको वस्तु संकलन गर्न तपाई पक्कै पनि आउनुहुन्छ भन्ने कुरा थाहा पाउँछन् । 
यदि तपाईको साथमा नरहेको अवस्थामा पनि तपाईले बच्चालाई कार्यस्थल वा सुपर मार्केटमा रहेको देखाउनु भयो भने तपाईहरुको उपस्थितिको उनीहरुले परिकल्पना गर्न थाल्दछन् । यसले तपाईहरुको बिछोडको पीडिलाई समेत सहज बनाउँछ । 

बौद्धिक विकास - बच्चा नै हाकिम हो । अब उनीहरुको गतिविधिमा तपाईको भूमिका के भन्ने विषयमा उनीहरुले नै भन्छन् । कहिलेकँही उनीहरुले नयाँ खेल ल्याउने छन् र त्यसलाई सक्रिय बनाइदिन आग्रह गर्नेछन् । साथै उनीहरुले तपाईको हातमा रहेका केही वस्तु खोसेर आफ्नै तरिकाले त्यसलाई चलाउन खोज्छन् । आफ्नो काम सकेपछि उनीहरु तालीका लागि केहीबेर रोकिन सक्छन् । उनीहरुको संकेतमा तपाई प्रतिक्रियात्मक भएमा, उनीहरुको जान्न चाहने अभियानलाई तपाईले साथ दिएको ठहरिनेछ । यस बाहेक तपाईले उनीहरुले गुमाइरहेको निर्णय पनि उपलब्ध गराउन सक्नुहुनेछ । अब उनीहरुले कसरी कुनै पनि कार्य हुन्छ भन्ने कुरा थाहा पाएपनि कारण तथा प्रभावको अवधारणाका बारेमा भने अनविज्ञ नै हुन्छन् । उदाहरणका लागि चुचुरोमा आफ्नो गाडी राखेमा त्यो तल झर्छ भन्ने उनीहरुलाई थाहा हुन्छ तर सडकको बीचमा गाडी बजारिएमा के हुन्छ भन्नेमा उनीहरु अनविज्ञ नै हुन्छन् । ढोकाहरु खुल्छन् र बन्द हुन्छन् भन्ने कुरा उनीहरुलाई थाहा भएपनि औलालाई ढोकाको बीचमा राख्नु हुन्न भन्ने कुरा उनीहरुलाई थाहा नहुन सक्छ । उनीहरुले कुनै कुराको शिक्षा पाएपनि भविष्यमा त्यो याद गरिरहन्छन् भन्ने हुँदैन । अलिक नहुर्के सम्म उनीहरुको ज्ञानेन्द्रीयहरुको पूर्ण विकास भएको हुँदैन, त्यसैले उनीहरुलाई सुरक्षित राख्न तपाईहरु सतर्क हुनु जरुरी छ । 

माथि नै उल्लेख भए अनुसार बच्चाहरु आफ्नै तरिकाले बढिरहेका हुन्छन् । माथि उल्लेखित समय र वृद्धि विकासको ढाँचामा केही फरक परेमा समेत तपाई आत्तिनु पर्दैन । तर तल उल्लेखित अवस्थमा भने तपाईले चिकित्सकलाई सम्पर्क गर्नु पर्ने हुन्छ । 
१८ महिनाको भइसक्दा पनि बच्चा हिड्न नसकेमा
आमा,मामा तथा दादा जस्ता लवज निकाल्न नसकेमा 
आँखा जुधाउन नसकेमा 
आफै खेल्ने बाहेक बच्चाले अन्य कुरामा रुची नदेखाएमा 
१५ महिनाको भइसक्दा पनि फोन, काँटा चम्चा आदिको प्रयोगबारे अनविज्ञ भएमा
दुई वर्षको भइसक्दा समेत सामान्य निर्देशन पछ्याउन नसकेमा 
दुई वर्षको उमेरमा पनि खेलौना धकेल्न नसकेमा 

सामाजिक तथा भाषिक पक्षको सवालमा बच्चाले कठिन महसुस गरेमा तपाईले चिकित्सकलाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

bottom of page