top of page

एक वर्षको भएसँगै खाद्य पिरामिड अनुसार अब तपाईको बच्चाले विविध प्रकारका खानेकुरा खानु पर्छ । पोषणको मूल्य तथा घरको खानपिनको वातावरण अनुसार बच्चालाई खुवाउनुहोस् । बच्चाको एक वर्षको हुँदै गर्दा देखि नै उसलाई ठोस खाद्य पदार्थ आवश्यक पर्छ । आफ्नै हातले खान सक्ने गरी बच्चालाई रोटीको टुक्रा,बिस्कुट, हल्का उमालिएका सागसब्जी र फलफूल दिनुहोस् । फलफूलमा केरा उपयुक्त हुन्छ । त्यस्तै उमालेको कुखुराको मासु पनि दिनु सकिन्छ । यो अवस्थामा बच्चाले खानेकुरा चपाउन सक्छन् र उनीहरुलाई कडै स्वरुपका खानाको अवश्यकता पनि हुन्छ । यो चरणमा अधिकांश बालबालिका आफै खान सक्ने भइसकेका हुन्छन् र उनीहरुलाई आफै खान प्रोत्साहित पनि गर्नुपर्छ । यो उमेर चम्चाको प्रयोगबाट आफै खान सिक्ने, चपाउने, पिउन सक्ने भएकाले महत्वपूर्ण मानिन्छ । 

याद गर्नुहोस्, खाद्य एलर्जीका कारण बच्चामा घ्यार–घ्यार हुने, सिँगान बगिरहने तथा खकार आउने जस्ता समस्या आउन सक्छ । लामो समयसम्म यस्तो समस्या (रुघा लागिरहने, दम आउने र बेलाबेलामा कान पाक्ने) देखिएमा कुनै किसिमको खानेकुराले असर गरिरहेको हुन सक्छ । सो खानेकुराको पहिचान गरि बहिस्कृत गरिनु पर्दछ ।
खानामा कति फ्याट (चिल्लो पदार्थ) प्रयोग गर्ने भन्ने कुरा बच्चाको विकासको चरण र उसलाई चाहिने उर्जामा भर पर्छ । पहिलो दुई वर्षमा बच्चालाई पोषणले भरिएका विविध खाद्य सामाग्री आवश्यक हुन्छ । बच्चाको खानामा फ्याट (चिल्लो पदार्थ) मात्र सिमित गर्दा एमिनो एसीडको मात्रा कम हुन सक्ने भएकोले फ्याट (चिल्लो पदार्थ) मात्र सिमित गर्न सुझाव गरदिैन ।
बच्चाको पोषणमा नुन तथा सोडिमय - ६ महिनाको भएपछि बच्चालाई सोडियमको मात्रा उच्च भएका खाद्य वस्तु जस्तै नुनिला खानेकुरा नदिनुहोस् । सानैमा सोडियमको प्रयोग गरेमा बच्चालाई उच्च रक्तचापको खतरा हुन्छ । ६ महिनाको अवधि सम्म आमाको दूधमा प्राप्त हुने सोडियमको मात्रा नै स्वस्थ्य रहन बच्चाका लागि पर्याप्त हुन्छ । यसले गर्दा ६ महिना सम्म बच्चालाई आमाको दूध खुवाउनु पर्छ भन्ने मान्यतालाई अझ जोड दिन्छ । 

bottom of page