दिनहरु बित्दै जाँदा तपाई र तपाईको बच्चाले एक अर्का, परिवारका सदस्य र साथीभाईहरुलाई पहिचान गर्दै विश्वलाई पुनः आविष्कार गर्नुहुन्छ । विशेष गरी तपाई अभिभावकले नै बच्चालाई नयाँ नयाँ कुरामा निरन्तर संलग्न गराउनु हुन्छ । आउँदा दिनहरुमा बच्चाको यान्त्रीक चालमा थप सुधार आइरहेको महसुस यहाँले गर्नु हुनेछ । साथै बच्चा अब दुवै दिशामा पल्टन सक्षम हुनेछ । त्यसैगरी बच्चाले घस्रने पनि सुरु गर्नेछ । बच्चा कसरी घस्रने छ त, यसमा हरेक बच्चाको आ–आफ्नै शैली र तरिकाले हुन्छ । केही बच्चाहरु भुँडीको सहायताले हात तथा खुट्टा प्रयोग गरी घस्रने गर्छन् । केहीले आफनो खेलौनालाई भुइँमा घिसारेर खेल्न थाल्दछन् भने केही एक ठाउँबाट अर्कोमा लडिबुडी गर्न सुरु गर्छन् । तपाईको बच्चा कसरी एक ठाउँबाट अर्कोमा घुम्न थाल्छ, त्यो खासै ठूलो कुरो होइन, जो जसरी चलायमान भएपनि दिनप्रतिदिन आफैमा बलियो भइरहेको हुन्छ । याद गर्नुहोस्, तपाईको सुपरिवेक्षणमा मात्र बच्चाले खेलौना प्रयोग गर्न पाओस्, यसो गर्नाले तपाईको बच्चा अझ बिलयो हुन्छ, साथै उसको घस्रने कलामा पनि सुधार आउँछ । खेलौनाहरुमा चढ्ने बानीले बच्चालाई वरपरको वातावरणमा भिज्न तथा उसको सम्पर्कमा नरहेका नयाँ खेलहरुको पहुँचमा सहज बनाउँछ । बच्चाले नयाँ ठाउँ वा वस्तु पत्ता लगाउने बित्तिकै उसको लागि त्यो पूर्ण अनुसन्धानको विषय हुन्छ । त्यस्तो वस्तुको स्वादबाट सुरु गरी बच्चाले वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा फल्न थाल्दछ । साथै दुई बस्तु ठोक्काएर उसले आवाज समेत निकाल्न थाल्दछ । आफ्नो बच्चाले तपाईसँग उसकै ढंगले कुराकानी गर्ने प्रयास गरेको देखेर तपाईलाई निकै खुशी लाग्नेछ । साथै उसले तपाईले निकाल्ने आवाजको नक्कल साथै सकेजित त्यसलाई दोह¥याउने प्रयास गर्दछ । बच्चाको अगाडि उसले प्रयोग गर्ने शब्द मात्र नभएर तपाईले दैनिक जीवनमा प्रयोग गर्ने शब्दहरु समेत सुनाउनु होस् जसले गर्दा बच्चाले नयाँ शब्दहरु सिक्न सक्छ । याद गर्नुहोस्, प्रत्येक बच्चा एक किसिमको आफ्नै संसार हो, उसलाई आफ्नै ढंगले बढ्न तथा हुर्कन दिनुहोस् । माथि उल्लेखित समयमा भने अनुसार नै बच्चाको प्रगति नभएमा पनि तपाई नआत्तिनु होस् । तर तपाईको बच्चा ९ महिनको भईसक्दा पनि तलका क्रियाकलाप गरेको छैन भने चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।
पेटको सहयोगमा कुनै पनि दिशामा फर्कन असमर्थ भएमा
कुनै पनि तरिकाले घस्रन नसकेमा
एउटा हातबाट अर्को हातमा वस्तुहरु सार्न नसकेमा
दुईवटा वस्तुलाई एक आपसमा ठोक्काउन नसकेमा
उसको अगाडि प्रयोग भएका सरल तथा सहज शब्दहरुप्रति प्रतिक्रियाहिन रहेमा