प्रिय अभिभावकहरु पहिलो एक महिनाको अवधिमा तपाईको बच्चाको खानेबानीले जीवनभरी बच्चाको शरीरमा असर पु¥याउन सक्छ । नयाँ अनुसन्धानहरुले के प्रमाणित गरेका छन् भने बाल्यकालमा बढी तौल भएका बच्चाहरु वयस्कमा समेत मोटो हुने खतरा हुन्छ ।
त्यसैले अभिभावकको रुपमा शारीरिक गतिविधि र निद्रालाई जोड दिँदै स्वस्थ्य खानपिनको बानी सहित बच्चाको भविष्यलाई प्रभावित बनाउने मौका तपाईहरुलाई प्राप्त भएको छ । अहिले सजिला देखिएका कामहरु भविष्यमा अत्यन्त जटिल समेत हुन सक्छन् ।
अब तपाईले के गर्ने त ?
उचित पोषण– यति तपाईले स्तनपान गराउने निर्णय गर्नु भएको छ भने, पहिलो छ महिनामा अन्य कुनै कुनै वस्तु संलग्न नगराई स्तनपान गराउन सक्नुहुन्छ । सम्भव भएमा बच्चा एक वर्ष नभए सम्म स्तनपानलाई निरन्तरता दिन सक्नु हुनेछ । स्तनपानले वयस्कमा बच्चाहरुलाई मोटोपनले सताउने जोखिमलाई कम गर्दछ, माथिल्लो स्वाँस नलीमा हुने संक्रमणको खतरालाई कम गर्दछ, पाचन प्रणाली तथा श्रवण शक्तिलाई मजबुत बनाउँछ भने दम, मधुमेह जस्ता दीर्घ रोगहरुबाट समेत सुरक्षित राख्न सहयोग गर्छ । स्तनपाननले पाठेघर तथा स्तन क्यान्सरको जोखिमलाई घटाउँछ भने लिउकेमीया र सिड्स(बच्चाहरुको अचानक निधन हुने लक्षण) वाट पनि बचाउँछ । यसका अतिरिक्त स्तनपानले तपाई पैसा बचत गर्दछ, साथै चाहिएको बेला बच्चालाई सहजै उपलब्ध गराउन सकिन्छ । त्यो भन्दा माथि यसले आमा र बच्चाबीच विशेष सम्बन्ध स्थापना गर्दछ ।
पर्याप्त स्तनपान भएको कसरी थाहा पाउने,
एक महिने बच्चाले दिनको ६ देखि ८ पटक सम्म स्तनपान गर्दछ । बच्चाले कति दूध पिएको छ भन्ने थाहा पाउन सम्भव नभएपनि, बच्चाले नियमित दूध चुस्ने र निल्ने गरिरहेको छ, उसको छालाको रङ सामान्य छ भने, बच्चा बढिरहेको तथा सर्तक र शान्त रहेको थाहा पाउन सकिन्छ । त्यसैगरी बच्चाको डाइपर एक दिनमा ६ पटक सम्म भिजेको हुनुपर्छ । यदि तपाईले स्तनपान गराइरहेको हुनुहुन्छ भने, गर्भावस्थामा जस्तै विविध स्वस्थ्यकर खाना खानुपर्छ । कुनै पनि औषधि लिनु अघि बच्चालाई असर नपर्ने गरी चिकित्सकको सल्लाह लिनुपर्छ ।
यदि तपाई स्तनपान रुचाउनु हुन्न भने, तपाईका सामु अन्य धेरै विकल्पहरु हुन्छन् । यस्तो अवस्थामा गाईको दूध रोज्न सकिन्छ । गाईको दूध तथा आमाको दूधमा पाइने पौष्टिक तत्वहरुमा खासै भिन्नता हुँदैन । यो चरणमा बच्चालाई अन्य खानेकुरा, पानी तथा लिटो उपयुक्त हुँदैन । निश्चित परिस्थितिमा चिकित्सको परामर्शपछि मात्र लिटो दिन सकिन्छ । उच्च क्यालोरी भएका कारण बच्चाहरुका लागि लिटो उपयुक्त मानिँदैन । लिटोको प्रयोगले बच्चामा मोटोपन हुनका साथै कब्जियतको समेत खतरा हुन्छ । बच्चालाई अत्याधिक खानबाट रोक्नका लागि दूधको बोतल समात्नुपर्छ र बच्चाले थप खान नचाहेको बारे निगरानी गर्नुपर्छ । बच्चालाई कहिले पनि दूधको बोतल समातेर सुत्न दिनु हुँदैन ।
बच्चा रुँदैमा ऊ भोकाएको भनेर बुझ्नु हुँदैन ।