top of page
डाइपर खटिरा

डाइपर खटिरा

प्रायजसो सबै अभिभावकले बच्चाको डाइपर लगाउने क्षेत्रको वरपर एक किसिमको खटिरा देख्न सक्छन् । अब हामी ती खटिरा देखिनुको कारण र समाधानको उपायबारे चर्चा गर्दैछौ । त्यस्ता सम्बन्धित् प्रश्न र तिनको उत्तरबारे बालरोग विशेषज्ञ यसो भन्छन् । 
बच्चा १८ महिना नपुग्दा सम्म डाइपर लगाउने भाग वरपर राता–राता खटिरा देखिन्छ । यस्ता खटिराहरु बच्चाको गुप्ताङग सहित तिघ्राको भित्री भाग तथा फिलाहरुमा आउन सक्छ ।

 
के यो तपाईको गल्ती हो त ?
केही हद सम्म यो अभिभावक तथा तपाई स्वयंमको गल्ती हो भन्ने कुरामा सत्यता छ । तर त्यस्ता खटिराले मात्र तपाईको बच्चाको उपचारको गुणस्तरलाई मापन गरेको भने हुँदैन । विविध कारणले गर्दा तपाईको बच्चालाई सताउने गरी त्यस्ता खटिराहरु आउँछन् ।  
त्यस्ता अटिरा किन आउँछन् त ?
•    बच्चाको शरीरको छाला तथा उसले उत्र्सजन गर्ने विकारबीच लामो समय सम्म सम्पर्क भएमा
•    बच्चाले प्रयोग गर्ने डाइरपर अत्यन्त कसिलो भएमा 
•    झाडा पखाला लागेमा 
•    संवेदनशील छाला भएका बच्चाहरुमाथि एकै पटक नयाँ साबुन प्रयोग गरिएमा
•    खानपानको परिवर्तनको कारणले दिशा पिसावमा हुने परिवर्तन
•    एन्टिबायोटिकको प्रयोग सहित बच्चाको  उपचार गरिएमा 
•    फंगल इन्फेक्सन (ढुसीको संक्रमण)
यस्ता खटिराबाट मुक्ति पाउन के गर्ने त ?
•    सके सम्म बच्चाको छालालाई सफा तथा सुख्खा राख्ने
•    एक पटक प्रयोग भएका डाइपरलाई पुनः प्रयोग नगर्ने । 
•    डाइरपर परिवर्तन गर्ने क्रममा बच्चाको सम्बन्धित् भागमा तातो पानीले सफा गर्ने 
•    बच्चाको शरीरमा प्रतिकूल हुने कडा साबुनहरु प्रयोग नगर्ने 
•    बच्चाको छाला धेरै नरगडने
•    सम्भव भए सम्म डाइपरले ढाक्ने क्षेत्रलाई आफ्नै किसिमले सुख्खा हुन दिने वा हल्का तरिकाले रुमालले पुछ्ने ।
•    प्रत्येक पटक डाइपर प्रयोग गरेपछि उपयुक्त क्रिमहरु प्रयोग गर्ने ।
•    कसिनेगरी डाइपर वा कपडा प्रयोग नगर्ने ।

bottom of page