top of page
घरायसी सुरक्षा

घरायसी सुरक्षा

यो समयमा बच्चा नयाँ वातावरणमा घुलमिल हुन प्रयास गर्दछ । सामान्य अवस्थामा बच्चाको लागि घर नै सुरक्षित मानिन्छ । तर केही कुरामा भने ध्यान दिनै पर्ने हुन्छ । बच्चालाई सुरक्षित राख्ने गरी घरमा केही परिवर्तन गर्ने यो नै उपयुक्त समय हो । 
झ्याल– १० सेण्टिमिटर सम्म खुल्ला हुने गरी उपकरण जडान गर्नुहोस् । 
सरसफाईको सामानहरु बच्चाको पहुँचबाट टाढा राख्नुहोस् । 
प्रयोग अघि औषधिहरुलाई जहाँ राख्नु भएको थियो पछि सोही स्थानमा राख्नुहोस् । बच्चाले भेट्ने गरी तपाईको ब्याग वा डेस्क टेबलमा औषधि नराख्नुहोस् । 
बरण्डा–यदि तपाईको घरमा बरण्डा छ भने कम्तीमा पनि १ दशमलव ३ उचाइको बार लगाउनु होस् । 
बच्चा निस्कन नपाउने गरी प्रत्येक तलामा सानो गेट लगाउनुहोस् । 
सुरक्षित धारा–तापक्रमलाई ५० डिग्री भन्दा बढ्न नदिन किसिमका धाराहरु जडान गर्नुहोस् । 
ढोकाहरु एक पटक जोडले लाग्ने नगरी आवश्यक प्रबन्ध मिलाउनुहोस् । 
चियादानीहरुलाई बच्चाको पहुँचबाट टाढा राख्नुहोस् । 
अग्नी सुरक्षा–आगलागीको संकेत दिने उपकरण भान्छा कोठा र बच्चाको कोठा वरपर जडान गर्नुहोस् । आगो निभाउने यन्त्रलाई भान्छा कोठ नजिकै जडान गर्नुहोस् ।
सबैले प्रयोग गर्न सक्ने ठाउँमा आपतकालीन फोन सम्पर्क नम्बरको डायरी राख्नुहोस् ।  

 

यी सुरक्षा विधिहरु वर्षभरी नै सान्र्दभिक हुन्छन् । यसबाहेक जाडो याममा तपाईले थप कुराको जोहो गर्नुपर्ने हुन्छ । 
चिया, कफी तथा सुप जस्ता ताता पेय पदार्थ प्रयोग गर्दा होशियार हुनुहोस् । पिउने ग्लासहरुलाई बच्चाले नभेटेने गरी अग्लो टेबल वा टेबलको बीच भागमा राख्नुहोस् । 
एयर कण्डिसन तथा रेडिएटर जस्ता सुरक्षित उपकरणहरु प्रयोग गरेर मात्र घरलाई तातो बनाउनुहोस् । 
तताउँदा तापक्रम ५० डिग्री भन्दा माथि नहोस् । 
आगलागीको खतराबाट जोगिन ग्याँस ओभनको प्रयोग नगर्नुहोस् । 
ताता उपकरणमा लुगाको प्रयोग नगर्नुहोस् । पर्दा, सोफा, ब्ल्याङकेट जस्ता वस्तु ताता उपकरणबाट टाढै राख्नुहोस् । 
नरम म्याट्रेसमा ल्यापटपको प्रयोग नगर्नुहोस् किनकि त्यस्ता उकपरणको भेन्टिलेशन खुल्ला नै हुनुपर्छ । 

तपाईको जाडोयाम न्यानो तथा सुरक्षित रहोस् । 

bottom of page