top of page
शारीरिक गतिविधि

शारीरिक गतिविधि

यो उमेरमा पुराना सीपमा सुधार गर्ने तथा नयाँ सीप सिक्ने गरी शारीरिक गतिविधि केन्द्रित गर्नुपर्छ । जितलाई मात्र जोड नदिनुहोस्, यो उमेरमा यो महत्वपूर्ण होइन । यसको सट्टामा नयाँ सीप सिक्ने गरी समुहगत कार्यलाई प्राथमिकता दिनुहोस् । तपाईको बच्चा आफैले जीत र हारको अर्थ बुझ्न सक्दछ । यस घडीलाई तपाई बच्चाको अनुभव थाहा पाउने तथा भविष्यमा उनीहरुलाई प्रतिस्पर्धात्मक परिस्थितिका लागि तयार पार्न अभिपे्ररित गर्न सक्नुहुन्छ । बच्चालाई प्रष्ट पारिदिनुहोस् कि लक्ष्य भनेको आफैमा सुधार ल्याउनु हो, मात्र जित्नु कदापि होइन । जितलाई विगतसँग तुलना गर्न सकिन्छ, मैदानमा रहेका खेलाडीहरुसँग मात्र होइन । यो उमेरमा विभिन्न खेलकुदमा बच्चालाई सरिक गराउनु महत्वपूर्ण हुन्छ, उसलाई मनपर्ने एउटा खेल छान्न पनि दिनुहोस्, तर याद गर्नुहोस् खेलकूद बच्चाको उमेर तथा सीप सुहाउँदो हुनुपर्छ । 
प्राय ५–६ वर्षका बच्चाहरुले आँखा तथा हातको संयोजन गर्न सक्दैनन्, जुन खेलकुदमा निकै जरुरी हुन्छ । कुन दिशामा बल जान्छ भन्ने बोध नहुँदा नहुँदै पनि बच्चाहरु बल फ्याक्न तथा समात्न सक्ने हुन्छन् । उमेरसँगै उनीहरुको संयोजनमा सुधार आउँदा अन्य विविध खालका खेलकुदका लागि आवश्यक सीप समेत उनीहरुले सिक्छन् । सुधारको लागि नहतारिनुहोस् । समयसँगै बच्चाहरुले यी क्षमतामा सुधार ल्याउँछन् । पूर्ण विकासका लागि बच्चाहरुलाई तपाईको तर्फबाट न्यूनमत दबाब मात्र दिनुहोस् । 

यो उमेरमा बच्चाहरु विविध स्रोतबाट प्राप्त सूचनालाई संयोजन गरी त्यसलाई प्रशोधन गर्दै आफू अनुकुल प्रयोग गर्न सक्छन् । महत्वहीन सूचनालाई अवज्ञा गर्नु पर्छ भन्ने उनीहरुले सिक्छन् र जटिल ढंगले सोच्न थाल्छन् । 
यसरी नै यो उमेरमा बच्चाहरुले प्रत्येक खेलको बारेमा अनुभव हासिल गर्छन्, नयाँ सीप सिक्छन् र आफूलाई के बढी मनपर्छ, के कम मनपर्छ, त्यसको निक्र्यौल गर्छन् । याद गर्नुहोस्, यो उमेरमा बच्चाको कनै पनि कुरामा कम ध्यान दिन्छन्, लामा तथा जटिल निर्देशनहरु उनीहरुले सम्झन सक्छन् भनेर आशा नगर्नुहोस् । प्रशिक्षक तथा अभिभावबाट प्राप्त यथार्थहीन अपेक्षाले असहज अवस्था सिर्जना गर्न सक्छ । त्यसलै छोटा निर्देशन सहित कुनै पनि कुराको उदाहरण बच्चाका लागि लाभदायक हुन सक्छन् । स्वस्थ्य जीवन शैलीका लागि अरु बेला झै यो समयमा पनि शारीरिक गतिविधि बच्चाको दैनिक जीवनको अभिन्न अंग हुुनैपर्छ । हप्तामा तीन पटक २०–३० मिनेट सम्म सक्रिय हुने गरी बच्चा शारीरिक गतिविधिमा सक्रिय हुनैपर्छ । सकारात्मक व्यवहार गर्नुहोस् र बच्चालाई मन परेको खेल खेल्न दिनुहोस् जसले गर्दा बच्चालाई अभिप्रेरित गरिरहन्छ ।

bottom of page