top of page

एक दिनमा तपाईले कति पटक बच्चालाई स्तनपान गराउनु पर्छ ?
सबैलाई सही हुने गरी यस प्रश्नको एक मात्र उत्तर पाउन सकिन्न । 
पहिलो केही हप्तामा, धेरै कुराहरु छिट्टै परिवर्तन हुन्छन्, त्यसैले स्तनपानका लागि निश्चित समय तोक्नु आवश्यक हुँदैन, बरु तपाई आफै बच्चासँग घुलमील गर्न सक्नुहुनेछ । पहिलो दुईदिनमा स्तनपान कम भएपनि, पछिका दिनमा प्राय जसो दिनको आठ पटक भन्दा बढी स्तनपान सम्भव हुन्छ । सुरुवाती दिनहरुमा बच्चाले प्रत्येक घण्टा स्तनपान गरेपनि त्यो पर्याप्त होइन । बच्चाले जति बढी दुध चुस्छ, तपाईको शरीरमा त्यति नै बढी दुध उत्पादन हुन्छ, परिणाम स्वरुप तपाईको शरीर सजिलै बच्चासँग घुलमील हुन सक्छ । दुई हप्तापछि भने स्तनपान घटेर दिनमा ६ देखि ८ पटक सम्म हुन सक्छ । 
तपाईको बच्चाले पर्याप्त मात्रामा खाएको कसरी थाहा पाउने?
तपाईको बच्चाले यत्ति नै दुध आएको छ भनी मापन गर्ने यन्त्र कुनै नभएपनि केही यस्ता संकेतहरु छन् जसले तपाईको बच्चाले पर्याप्त खाएको देखाउँछ । 
•    उसले एक दिनमा कम्तीमा ६ पटक दुध खान्छ । 
•    स्तनपानको समयमा चुस्ने तथा निल्ने गर्दछ । 
•    उसको छालाको रङ सामान्य छ ।
•    उठ्ने बित्तिकै ऊ शान्त तथा जीवन्त देखिन्छ । 
उसको डाइपर भिजेको हुन्छ । पहिलो दुई दिनमा उसको डाइपर दिनको २–३ पटक मात्र भिजेको हुनुपर्छ, तर त्यसपछिका दिनमा कम्तीमा ६ पटक भिज्नुपर्छ । बच्चाको तौल बढेको हुनुपर्छ । पहिला केही दिनहरुमा जन्मदाको भन्दा तौल घट्नु (तर १० प्रतिशत भन्दा बढी होइन) सामान्य हो । तर  १० दिन अगावै बच्चाको तौल जन्मदाको जत्तिकै हुनुपर्छ । 
स्तनपानको समयमा तपाईले कष्ट रहित रुपमा आनन्द महसुस गर्नुपर्छ । स्तन मुलायम हुनुपर्छ । स्तनपान लगत्तै स्तन कम भरिलो हुनुपर्छ । 

bottom of page